तुलसीमान श्रेष्ठ स्मृति सम्मान प्राध्यापक तुलसी दिवसलाई प्रदान गरिने

गोरखा :

यस वर्षको तुलसीमान श्रेष्ठ स्मृति सम्मान प्राध्यापक तुलसी दिवसलाई प्रदान गरिने भएको छ । हालै सम्पन्न तुलसीमान श्रेष्ठ स्मृति समाजको बैठकले तुलसी दिवसलाई सो सम्मान दिने निर्णय गरेको हो ।

नेपाली लोक साहित्य र संस्कृतिको जगेर्ना र उत्थान गर्नका लागि अनवरत लागि रहेकाले तुलसी दिवसलाई सो सम्मान प्रदान गर्न लागिएको समाजका निरज श्रेष्ठले जानकारी दिए ।

सो सम्मान आउँदो मंसीर २४ गते शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा एक समारोह आयोजना गरी सम्मान प्रदान गर्ने कार्यक्रम रहेको उनले बताए ।

नेपाली लोकगीत तथा लोक साहित्यका क्षेत्रमा अनवरत सेवा गरिरहेका पालुङ्टार नगरपालिका- ७ च्याङ्लीका तुलसीमान श्रेष्ठको २०७३ सालमा निधन भएको थियो । उनी गोरखाको एक मात्र सरकारी क्याम्पस गोरखा क्याम्पसका प्रमुख रहेर लामो समय सेवा गरेका थिए भने गोरखाको पहिलो पत्रिका दरौँदी दैनिकका संस्थापक प्रधान सम्पादक पनि थिए ।

त्यस्तै विभिन्न लोकगीत, संगीत तथा साहित्यिक सामाजिक संघसंस्थामा रहेर पनि काम गरेका थिए । उनको योगदानलाई मुलुकभर फैलाउने उद्देश्यले तुलसीमान श्रेष्ठ स्मृति समाज र तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मानको स्थापना भएको श्रेष्ठ पुत्र निरज श्रेष्ठले बताए ।

त्यस्तै तुलसी दिवस(तुलसीप्रसाद जोशी) नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य तथा नेपाली लोकगीत समाजका अध्यक्ष पनि हुन् । उनलाई अप्रिल २०१३ मा भारतमा भएको अन्तर्राष्ट्रिय कविता महोत्सवमा विशिष्ट साहित्य शिरोमणि उपाधिबाट सम्मानित गरिएको थियो ।

प्राध्यापक दिवशले अमेरिकास्थित नेपाली दूतावासमा सांस्कृतिक सचिवको रूपमा काम गर्नुका साथै विदेशका विभिन्न विश्वविद्यालयमा भिजिटिङ प्रोफेसरका रूपमा अध्यापन गरेका थिए ।

दिवशले काठमाडौंको त्रिचन्द्र कलेज र पद्मकन्या क्याम्पसमा नेपाली साहित्यका प्राध्यापकका रूपमा सेवा गरिसकेका छन् । उनले नेपालको विभिन्न जनजातिको साहित्य, लोक संस्कृति र लोककथाका बारेमा दर्जनौं पुस्तक लेखेका छन् ।

साभारः अन्नपूर्णपाेष्ट

Facebook Comments Box
समाज
गोर्खा संसार

मर्स्याङ्दी नदी किनारबाट एक वृद्धाको उद्धार

गोरखाको पालुङ्टार नगरपालिका वडा न:७ काे खाेलाघाट बगरबाट एकजना ६५ वर्षिय वृद्धाको उद्धार गरिएको छ। ईन्द्र बहादुर घर्ती नाम गरेकाे तनहुँ जिल्ला ,भानु नगरपालिका वडा

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

ख्वप मिनिबस सेवा समितिमा विवाद

ख्वप मिनिबस सेवा समितिमा विवाद,ख्वप मिनिबस सेवा समितिको  कम्पनी ऐन विपरित भएको साधारसभा तथा निर्वाचन गैरकानुनी ठहर  भक्तपुर । भक्तपुरको ख्वप भक्तपुर मिनिवस सेवा समितिले

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

स्मल हेभन बोर्डिङ स्कुलको बसमा अज्ञात समूहद्वारा आगजानी

चितवन- भरतपुरमा एक स्कुल बसमा आगजनी भएको छ। आइतबार बिहान अज्ञात समुहले स्कुल बसमा आगजनी गरेको हो।अज्ञात समूहले पेट्रोल छर्किएर बसमा आगो लगाएको प्रहरीले जनाएको छ।

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

नेकपा एमाले पालुङटारको दोश्रो नगर अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः वसन्त श्रेष्ठ

पालुङटार नगरपालिकामा नेकपा एमालेको दोश्रो नगर अधिबेशन नयाँ कार्यसमिति चयनसंगै सम्पन्न भएको छ । जसको अध्यक्षमा पुनः बसन्त कुमार श्रेष्ठ चयन भएका छन भने उपाध्यक्षमा

सबै पढनुहोस »
सूचना प्रबिधि
गोर्खा संसार

हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न

काठमाडौं,वैशाख २६ । हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा एक भव्य र विशेष

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले सोध्यो स्पष्टीकरण

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले स्पष्टीकरण सोधेको छ । स्वीकृति बिना विदेशी पाठ्यक्रम पढाएको भन्दै दुवै स्कुललाई तीन दिने स्पष्टीकरण सोधेको थियो।सरकारको

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.