Gorkha Sansar

गाेरखाबाट प्रदेश सभामा गठबन्धनकै ४ जना बिजयी

गोरखा

गण्डकी प्रदेश सभाका लागि गाेरखाबाट गठबन्धनकै ४ जना बिजयी भएका छन् । अाजै सम्पन्न  निर्वाचन परिणाम  अनुसार ४ जना गठबन्धनबाट बिययी भएकाे निर्वाचन कार्यालयले  सार्वजनिक गरेकाे छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार गोरखा क्षेत्र नं. १ को प्रदेश क्षेत्र १ बाट कृष्ण धिताल र  २ बाट नन्दप्रसाद न्यौपाने निर्वाचित भएका छन् ।

त्यस्तै गोरखा २ को प्रदेश क्षेत्र १ बाट फणिन्द्र देवकोटा र २ बाट सुरेन्द्रराज पाण्डे विजयी भएका छन् ।
माओवादी केन्द्रबाट उम्मेद्वार बनेका धिताल १५ हजार चारसय ५६ मत का साथ विजयी हुनुभएकाे हाे भने उहाँका निकटत्तम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार सुरेन्द्रबहादुर थापाले नौ हजार आठ सय २२ मत प्राप्त गर्नुभएकाे छ ।

कांग्रेसका गोरखा जिल्ला सभापति न्यौपानेले १६ हजार २६१ मत प्राप्त  गर्नुभएकाे छ भने उहँाका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मोहन भट्टराईले सातहजार ५३३ मत प्राप्त गर्नुभएकाे छ ।

त्यस्तै गोरखा २ को प्रदेश निर्वाचन क्षेत्र १ बाट निर्वाचित भएका फणिन्द्र देवकोटाले १२ हजार ४११ मत प्राप्त गर्नुभएकाे  छ। उहाँका निकटत्तम प्रतिद्वन्द्वी एमालेका राजु रानाले पाँच हजार ४१० मत प्राप्त गर्नुभएकाे छ ।

गोरखा २ को प्रदेश क्षेत्र २ बाट विजयी भएका कांग्रेसका सुरेन्द्रराज पाण्डेले १६ हजार ८८२ मत प्राप्त गर्नुभएकाे छ ।  उहाँका निकटत्तम प्रतिद्वन्द्वी एमालेका वसन्त गुरुङले पाँचहजार ३६० मत प्राप्त गर्नुभएकाे छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.