तीन वर्षपछि जेलबाट रिहा भएका रोहितलाई नेकपा (बहुमत) को केन्द्रीय कार्यालयद्वारा स्वागत

काठमाडौँ : दलाल पुँजीवादी राज्यव्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवाद स्थापना गर्ने अभियानका क्रममा गिरफ्तार भएर तीन वर्ष जेल जीवन व्यतित गरी हालै रिहा भएका तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको युवा सङ्गठनका नेता तथा पार्टीको जनकपुर ब्युरो कार्यालय सचिव रहेका रोहित ढकाललाई नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को केन्द्रीय कार्यालयले स्वागत गरेको छ । ढकाललाई शुक्रबार पार्टीको केन्द्रीय कार्यालयले स्वागत अभिनन्दन गरेको हो ।

रोहितलाई स्वागत गर्दै नेकपा (बहुमत) का संयोजक कञ्चनले उनको गिरफ्तारी र रिहाइपछिको समयसम्म राजनीतिमा धेरै उथलपुथल भइसकेको परिस्थितिबारेमा जानकारी गराए । संयोजक कञ्चनले सबै कारागारमा अन्यायपूर्वक जेलजीवन बिताइरहेका साथीहरूको रिहाइका लागि कसरत गरिरहेको पनि बताए । आफ्नो पार्टी नयाँ कार्यक्रम र कार्यदिशासहित अघि बढिरहेको अवस्थामा नयाँ स्पिरिटका साथ अगाडि बढ्नुपर्ने संयोजक कञ्चनले बताए ।

नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले रोहितलाई स्वागत गर्दै उनी लामो समयपछि कारागारभित्रको क्रान्तिकारी विश्वविद्यालयबाट दीक्षित भएर बाहिर निस्किएको बताए । रोहित जेल बसाइका क्रममा भएको चोटको उपचारको व्यवस्था पार्टीले गर्ने प्रस्ट पार्दै प्रवक्ता सुदर्शनले उनलाई पार्टीले दिएको जिम्मेवारीका बारेमा पनि जानकारी दिए ।

आफ्नो स्वागतमा ओयाजित कार्यक्रममा रोहितले तत्कालीन केपी ओली सरकारले आफूलाई गिरफ्तार गरेर जेल–नेल र यातना दिएको स्मरण गराए । पार्टी नेतृत्वसमक्ष आफ्नो जेल र हिरासत जीवनको अनुभूति पस्किँदै उनले जसले जेलजीवनको अनुभूति गर्छ, त्यो नै स्पातिलो त परिपक्व बन्ने धारणा पनि राखे । पार्टी, आन्दोलन र क्रान्तिका पक्षमा आफू अझै स्पातिलो भएर लाग्ने उनले बताए ।

२०७६ साल पुस ३ गते सर्लाहीको लालबन्दी बजारबाट गिरफ्तार भएका रोहित जनकपुर हिरासत, सिन्धुली जेल, काठमाडौँको केन्द्रीय कारागार र भद्र बन्दीगृह गरी करिब ३ वर्षपछि २०७९ कात्तिक २३ गते जनकपुरबाट रिहा भएका हुन् । प्रहरीले उनलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, विस्फोटक पदार्थलगायत झूट्टा मुद्दा लगाएको थियो । प्रहरी यातनाका कारण उनको टाउको र शरीरमा गम्भीर चोट लागेको छ । उनी अझै बिरामी छन् । सरकारले लगाएको झूट्टा मुद्दाहरूमा अदालतमा भएको बहसपछि अदालतले ५ लाख मूल्य बराबरको जमिन धराैटी राखेर रोहितलाई रिहाइको आदेश गरेको थियो । रोहित रातो खबरकर्मी पनि हुन् ।

अदालतले चर्को धरौटी राखेपछि पार्टी संयोजक कञ्चनकी जीवनसँगिनी एवम् पार्टी सल्लाहकार समितिकी सदस्य हिमा बास्तोलाका नाममा रहेको जग्गा बैङ्कमा धितो राखी अदालतको धरौटी रकम बुझाएर रोहित रिहा भएका थिए । उनको कानुनी प्रक्रिया पूरा गराउन कानुन विभागका रामकृष्ण भण्डारी र दिवस निरौला खटिएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।                                     ईराताेखबर बाट

Facebook Comments Box
Uncategorized
गोर्खा संसार

पालुङटार मा नौमती बाजा बजाउने तालिम

“सिप सिकौ रोजगार बनौ” भन्ने मूल नाराका साथ आज मिति २०८१/०१/२४ गतेका दिन पालुङटार नगरपालिका वडा नं. ७ को वडा स्तरीय महिला संजालका अध्यक्ष श्री

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

शिक्षक तथा कर्मचारीहरूले आफ्ना छोराछोरीहरूलाई सामुदायिक विद्यालयमा अध्यापन गराउनुपर्ने

गोर्खाको पालुङटार नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् कार्यक्रममा बोल्दै पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तनले

सबै पढनुहोस »

एकीकृत अखिल नेपाल शिक्षक संगठन पालुङटार को तेस्रो नगरपरिषद् सम्पन्न

गोर्खाको पालुङटा नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् सम्पन्न भएको छ।नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.