Gorkha Sansar

मेक्सम खाति र नायिका रेश्मा घिमिरेको रोमान्समा ‘छोडी नजानु है’ बजारमा

गायक मेक्सम खातीको स्वरमा ‘छोडी नजानु है’ बोलको गीत सार्वजनिक गरिएको छ । मेक्सम–नरेश अफिसिय्ल युट्युबबाट सार्वजनिक गरिएको गीतको भिडियोलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलिरहेको छ । गीतमा मेक्समकै शब्द तथा संगीत रहेको छ ।

गीतको भिडियो शिशिर खातीले निर्देशन गरेका छन् । भिडियोमा गायक मेक्समसँगै मोडल रेश्मा घिमिरेको अभिनय छ। मेक्सम र रेश्मा यो डेब्यू म्युजीक भिडियो हो। ‘सधैं गाउने र अभिनय गर्दै मात्र आएको थिएँ। यसपटक भने आफैंले सृजना भर्ने प्रयास गरेको छु। दर्शकहरुले माया गरिदिनु हुन्छ भन्नेमा आशा गरेको छु,’ गायक मेक्समले भने।

गायक मेक्सक लामो समय अस्ट्रेलियामा बसेर नेपाल फर्किएका छन् । बिशेषगरी नेपालमा कोरोना भाइरसको संक्रमणको समयमा उनी अस्ट्रेलियामै थिए । अहिले नेपाल आएसँगै गीतसंगीतमा सक्रिए देखिएका छन् । केहि समय अघिमात्रै उनले बिवाह गरेका थिए ।

भिडियोका निर्माता नरेश खाती हुन् । नरेश र मेक्सम दाजुभाइ हुन् । उनीहरुका ‘मेरो बाबा सुपर म्यान’ लगायत गीत चर्चित छन् ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.