आँबुखैरेनी, २२ भदौ । नेपाल आदिवासी जनजाति गाउँ समन्वय परिषद आँबुखैरेनीको चौंथो अधिबेशनको उद्घाटन सत्र सम्पन्न भएको छ । तनहुँ उद्योग वाणिज्य संघ आँबुखैरेनी बजार इकाईको सभाहलमा परिषदका अध्यक्ष रेशम बहादुर भुजेलको सभापतित्वमा सन्चालन भएको अधिबेशनको एक कार्यक्रमकाबिच प्रमुख अतिथि नेपाल आदिवासी जनजाति जिल्ला समन्वय परिषदका अध्यक्ष बसुन्धारा घर्तीले उद्घाटन गर्नुभएको छ । उद्घाटन कार्यक्रममा परिषदका अध्यक्ष घर्तीले जिल्लामा ६५ प्रतिशत र यस आँबुखैरेनी गाउँपालिकामा ८० प्रतिशत जनजातिको बहुल्यता रहेकोले केन्द्र, प्रदेश, जिल्ला तथा स्थानीय तह अन्तर्गत राज्यको हरेक निर्णायक तहमा विभिन्न व्यक्तित्वहरुलाई पुर्याउनका निम्ति आदिवासी जनजातिले महत्त्वपूर्ण भुमिका खेलेको बताउनुभएको छ । तनहुँ जिल्लामा यति धेरै आदिवासी जनजातिको बाहुल्यता रहे पनि सधै पछाडी पर्नु र पछाडि परेको आदिवासी जनजातीलाई सक्रिय गराउन राज्यबाट प्राप्त बजेट मार्फत विभिन्न उपयोगी मुलक कार्यक्रम संचालन गर्न आवश्यक रहेको घर्तीले बताउनुभएको छ ।अधिबेशनमा परिषदका कोषाध्यक्ष तिल कुमारी थापाले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा नेपाल आदिवासी जनजाति जिल्ला समन्वय परिषदका अध्यक्ष बसुन्धारा घर्ती, जिल्ला परिषदका निबर्तमान उपाध्यक्ष हस्त बहादुर किजिम मगर, आँबुखैरेनी गाउँपालिका नि बर्तमान अध्यक्ष गिर बहादुर थापा, नि बर्तमान उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, आँबुखैरेनी गाउँपालिका वडा नं २ का वडाध्यक्ष कटक बहादुर थापा, वडा नं ४ का वडाध्यक्ष नेत्र बहादुर गुरुङ, गाउँ समन्वय परिषदका उपाध्यक्ष कमल थापा मगर, गाउँ समन्वय परिषदका सचिव मिलन भुजेल, तामाङ समाजका अध्यक्ष कृष्णमान तामाङ, आदिमुल मन्दिरका कृष्ण बहादुर भुजेल, नेवा खलका शुभ लक्ष्मि श्रेष्ठ, तमु समाजका काजी कुमार गुरुङ, लायन्सका सुरेन्द्र श्रेष्ठ, नेवार समाजका बाबुराम श्रेष्ठ, मीन शोभा गुरुङ लगाएतकाको उपस्थिती रहेको थियो ।
थप समाचार
-
विराटनगर बालसुधार गृहमा कैदी र प्रहरीबीच झडप, एक प्रहरी घाइते
गाेर्खा संसारAugust 13, 2025विराटनगर, २८ साउन । विराटनगरस्थित बालसुधार गृहमा बुधबार दिउँसो कैदी (बाल बिज्याइँकर्ता) र प्रहरीबीच झडप भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी हस्तबहादुर सुनारका अनुसार झडप... -
भूमि वर्गीकरणअघि हदबन्दी छुटको जग्गा बेच्न दिने प्रस्ताव, दुरुपयोगको आशंका
गाेर्खा संसारAugust 13, 2025काठमाडौं, २८ साउन । स्थानीय तहले भूमिको वर्गीकरण नगरेको अवस्थामा पनि हदबन्दी छुटमा जग्गा लिएर पछि बिक्री गर्न दिने व्यवस्था सहितको भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकको प्रति... -
“पूर्वमन्त्री बस्नेतको आरोप– ‘सचिव जोगाइ मलाई मात्र मुद्दा”
गाेर्खा संसारAugust 12, 2025काठमाडौं, २७ साउन । नेपाल दूरसञ्चार प्राधिकरणको बहुचर्चित टेरामक्स प्रविधि खरिद प्रकरणमा पूर्वमन्त्री तथा निलम्बित सांसद मोहनबहादुर बस्नेतले आफूलाई मात्र मुद्दा लगाएर तत्कालीन सचिव... -
रामहरि खतिवडाले पदबाट राजीनामा दिए
गाेर्खा संसारAugust 12, 2025काठमाडौं, २७ साउन । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले मंगलबार संसदको बैठकमा हाँसीहासी शैलीमा आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेका ... -
त्रिविले माग्यो सुरक्षा, कार्यालयमा काम गर्न सहज वातावरण बनाउने आग्रह
गाेर्खा संसारAugust 12, 2025विद्यार्थी संगठनको तोडफोडपछि त्रिविको सुरक्षा गुहार, सरकारलाई सुरक्षित कार्य वातावरण बनाउन आग्रह काठमाडौं, २७ साउन । विद्यार्थी संगठनको तोडफोड र धम्कीका घटनापछि त्रिभुवन विश्वविद्... -
सुनसरी बस–माइक्रो दुर्घटनामा मृतकको संख्या ४ पुग्यो, २३ घाइते — तीन जनाको पहिचान सार्वजनिक
गाेर्खा संसारAugust 11, 2025विराटनगर, २६ साउन । सुनसरीमा सोमबार बिहान बस र माइक्रोबस ठोक्किँदा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ भने २३ जना घाइते भएका छन् । दुर्घटना सुनसरीको भोक्राहा–नर्सि...