२८ औँ अन्तर्राष्ट्रिय आदिवासी दिवस सप्ताहव्यापी मनाइँदै

काठमाण्डौ ।

नेपालका आदिवासी समुदायले ‘२८औँ विश्व आदिवासी दिवस’ एक हप्तासम्म मनाउने भएका छन् । विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि नेपाल आदिवासी जनजाति महासङ्घको नेतृत्वमा विश्व आदिवासी दिवस मनाउन लागिएको हो ।

महासङ्घका अध्यक्ष गेल्जे लामा शेर्पाले लामो समयसम्मको आन्दोलनका क्रममा पनि आदिवासीको अधिकार सुनिश्चित हुन नसकेको भन्दै उत्सवको रुपमा मनाइने कार्यक्रममार्फत पनि अधिकार सुनिश्चितताका लागि राज्यलाई दबाब दिइने बताउनुभयो ।

दिवसकै अवसरमा नेपाल आदिवासी जनजाति चलचित्र महासङ्घले आज नेपाल पर्यटन बोर्डमा ‘चलचित्र प्रर्दशनी तथा विशेष सांस्कृतिक कार्यक्रम’ गर्ने भएको छ भने भोलि राष्ट्रिय आदिवासी जनजति महिला महासङ्घले अन्तरक्रिया र नेपाल मगर सङ्घले विचार गोष्ठी गर्दैछ । किरात राई यायोख्याले साउन २२ गते प्रदेश नं. १ किरात प्रदेश विषयमा बहस गर्दैछ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले काठमाडौँमा साउन २३ गते ‘आदिवासी जनजाति आन्दोलनको समीक्षा र अबको कार्यदिशा’ विषयक अन्तरक्रिया गर्नेछ ।

दिवसको अवसरमा यस वर्ष मूल समारोहको रुपमा महासङ्घले साउन २४ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा कार्यक्रम गर्दैछ । विश्वका आदिवासीहरूले हरेक वर्षको ९ अगष्टलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसको रुपमा मनाउँदै आएका छन् ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.