नेकपा एमालेकाे जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न

गोरखा १५, साउन ।

गाेरखा जिल्लामा नेकपा एमालेकाे जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ ।

प्रशिक्षण कार्यक्रममा बाेल्दै नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गठवन्धन सरकारलाई कुनै पनि हालतमा हटाउनु पर्ने बाताउनु भएको छ । नेकपा एमाले जिल्ला कमिटि गोरखाले आइतवार जिल्ला सदरमुकाममा गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले गठन्धन खराब पक्ष पर्दाफास हुँदै गएमा ढिलो चाँडो गठवन्धन आफैं भत्किने दाबी समेत गर्नुभयो । जनप्रतिनिधिहरुलाई सम्मान गर्दै नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जनताको मत जितेर काम गर्न आग्रह गर्नुभयो ।

नेपालमा कम्युनिष्टहरुलाई स्थापित हुन नदिने चलखेल हुँदै आएको उहाँको भनाई छ । प्रशिक्षण कार्यक्रममा नेकपा एमालेकी सचिव एवम् गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्यालले जनताको बहुदलीय जनवादका मान्यताको आधारमा पार्टी निर्माण र परिचालन, पोलिटब्युरो सदस्य एवम् साँसद मनकुमारी केसीले स्थानीय तह निर्वाचनको सिकाई र आगामी निर्वाचनको तयारी, केन्द्रिय सदस्य रामशरण वस्नेतले संगठनात्मक सिद्धान्त, संगठन निर्माण र परिचालन एवम् गण्डकी प्रदेश कमिटि उपसचिव रश्मी अचार्यले जनप्रतिनिधि र पार्टी विचको सम्वन्धका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.