गाेरखा
गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ काे कार्यालयले अाज एक बैठक बसी भाेट हाल्न अपायक परेकाहरूलाइ पायक पर्ने स्थानमा सार्ने निर्णय गरेकाे छ ।
वडाध्यक्ष अर्जुन बहादुर कुमालकाे अध्यक्षतामा बसेकाे बैठकले वडा नं.७ काे बालकल्याण मा.वि. खत्रीटार र जीवन ज्याेति मा.वि. बिरूवाटार मा मतदान केन्द्र रहँदै अाएकाेमा साबिक च्याङली वडा नं. ६ बाहेकका अन्य मतदाताहरूलाइ बालकल्याण मा.वि. केन्द्र अपाएका भएकाेमा नजिक रहेकाे स्थान जीवन ज्याेति मा.वि. मा सार्ने निर्णय गरेकाे छ ।
त्यस्तै गरी जीवन ज्याेति मा.वि.मा चाप बढी हुन सक्ने भनी जनजागृति अाधारभूत बिद्यालय र मर्स्याङदी अाधारभूत बिद्यालयमा पनि मतदान केन्द्र थप माग गर्ने निर्णय समेत बैठकले गरेकाे छ ।
बैठकमा वडा कार्यालयका निर्वाचित पदाधिकारीहरू, स्थानीय स्तरका दलका प्रतिनिधीहरूकाे समेत उपस्थिति रहेकाे थियाे ।