Gorkha Sansar

पालुङटारमा कार्यपालिकाले पूर्णता पाउने बित्तिकै इसिडी शिक्षक तथा कर्मचारीकाे तलब थप गरिने

जेठ १४, गाेरखा

गाेरखाकाे पालुङटार नगरपालिकामा कार्यपालिकाले पूर्णता पाउने बित्तिकै इसिडी तथा बिद्यालय कर्मचारीकाे तलब थप गरी निकाशा गरिने नवनिर्वाचित मेयर बिबश चिन्तनले बताउनुभएकाे छ ।

एकिकृत अखिल नेपाल शिक्षक संगठन पालुङटार इकाइले नवनिर्वाचित जनप्रतिनिधीलाइ गरिएकाे शुभकामना तथा बधाइ कार्यक्रममा बाेल्दै साे कुरा बताउनुभएकाे हाे । मेयर चिन्तनले अाफूहरू शिक्षा क्षेत्रप्रति गम्भीर रहेकाे र शिक्षाकाे गुणस्तर सुधारका लागि कुनै पनि कसुर बाँकी नराख्ने बताउनुभयाे । त्यस्तै गरी उपमेयर बन्दना पाण्डेले याे जित अाफ्नाे नभएर समग्र शिक्षकहरूकाे जित भएकाे बताउनुभएकाे छ । अागामी दिनहरूमा शिक्षकहरूसँग सहकार्य गर्दै जाने कुरामा बिश्वस्त हुन अाग्रह समेत गर्नुभयाे ।

एकिकृत अखिल नेपाल शिक्षक संगठन पालुङटार इकाइका अध्यक्ष टेक बहादुर अधिकारीकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे थियाे । साे कार्यक्रममा संगठनका गण्डकी प्रदेश महासचिव टिकाराम श्रेष्ठ, केन्द्रीय सदस्य गणेश सेडाइ, संगठनका पालुङटार इकाइका बरिष्ठ उपाध्यक्ष रमेश खडका लगायतकाले पालुङटारलाइ शैक्षिक हब बनाउनका लागि तत्काल प्रभावकारी याेजना निर्माण गर्नुपर्ने, इसिडी तथा बिद्यालय कर्मचारीकाे तलबमा पुनरावलाेकन गर्नुपर्ने, नगर शिक्षा एेनमा अावश्यक परिमार्जन सहि अघि बढनुपर्नेमा जाेड दिएका थिए ।

कार्यक्रममा पालुङटार नगरपालिका भित्र नेकपा माअाेवादी केन्द्रबाट विजयी भएका सबै नवनिर्वाचित जनप्रतिनिधीलाइ टिका तथा खादा लगाएर सम्मान गरिएकाे थियाे ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.