वडाध्यक्षकाे पहिलाे निर्णय,दिवा खाजामा १०रूपैयाँ थप

पालुङटार नगरपालिका वडा नं ७ का वडाध्यक्ष अर्जुन बहादुर कुमालले पदभार ग्रहण गर्नुभएको छ। जेठ ९ गते एक कार्यक्रमका बीच पदभार ग्रहण गर्नुभएकाे हाे । पदभार ग्रहण गरेकै दिन एक बैठक बसी वडाभित्र सञ्चालित बिद्यालयहरूमा अध्ययनरत कक्षा १-५ सम्मका बिद्यार्थीहरूकाे दिवा खाजामा १० रूपैयाँ थप दिने निर्णय गरिएकाे छ । पदभार ग्रहण कार्यक्रममा वडाभित्रका बिद्यालय, तथा संघसंस्थाका प्रमुखहरूकाे उपस्थिति रहेकाे थियाे । कक्षा १-५ का बालबालिकाहरूका लागि नेपाल सरकारले प्रतिबिद्यार्थी १५ रूपैयाँका दरले प्रदान गर्दै अाएकाे छ । अबदेखि यस वडाका सबै सामुदायिक बिद्यालयका बिद्यार्थीहरूले२५ रूपैयाँकाे खाजा पाउने भएका छन ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.