बिरामी म्यादी प्रहरीकाे हेलिकप्टरबाट काठमाडौं लगी उपचार

उत्तरी गोरखाको चुमनुब्रीमा निर्वाचनका लागी खटिएका म्यादी प्रहरी बिरामी भएपछि हेलिकप्टर मार्फत उद्धार गरि काठमाडौं लगिएको छ ।

चुमनुब्री गाउँपलिका ३ को पाङसिङ आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएका धार्चे गाउँपालिका ३ खोर्लाका ५१ वर्षीय म्यादी प्रहरी बेलबहादुर घले आज (सोमबार) बिहानदेखि बिरामी हुनु भएका थिए ।

उहाँलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सिर्दिबास लगिएको तर निको नभएपछि थप उपचारका लागि हेलिकप्टर मार्फत उद्धार गरि काठमाडौं पठाइएको गोरखाका प्रहरी प्रमुख एसपी केदार खनालले बताउनु भयो । पेट दुखेर समस्या भएपछि घलेको भिडियो कन्फ्रेन्स मार्फत काठमाण्डौंमा रहेका चिकित्सकहरुले स्वास्थ्य जाँच गरेका थिए ।

सिर्दिबासमा उपचार संभव नभएपछि गोरखाका प्रमुख जिल्ला अधिकारी संकरहरी आचार्यको पहलमा गृह मन्त्रालय सँग समन्वय गरी घलेलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौं लगिएको चुमनुब्री गाउँपालिकाका सहायक मतदान अधिकृत भिमसेन श्रेष्ठले जानकारी दिनु भयो  ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.