अस्थायी प्रहरी चाैकीद्वारा १२ थान सालका गाेलिया सहित बाेलेराे जिप बरामद

गाेरखा,

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ८ धुवाँकाेटबाट अस्थायी प्रहरी चाैकी बिरूवाटारले १२ थान सालका गाेलिया बरामद गरेकाे छ ।

अस्थायी प्रहरी पाेष्ट बिरूवाटारका अनुसार गस्ती गएका बखत वडा नं. ८ धुवाँकाेटस्थित मिलनटाेलबाट बेवारिसे अवस्थामा सालकाे गाेलिया रहेकाे ग ३ च ३९० नं.काे बाेलेराे जिप पक्राउ गरी अनुसन्धानका लागि बन कार्यालयलाइ बुझाइएकाे छ ।

 

 

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.