परिक्षाको प्रश्नपत्र बिग्रिएको तर प्रशासनले वेवास्ता गरेको भन्दै विद्यार्थीहरुद्वारा क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी

गोरखा, ५ वैशाख ।

गोरखा बहुप्राबिधिक शिक्षालयमा विद्यार्थीले तालाबन्दी गरेका छन् ।  सोमबार भएको स्टिमेट एन्ड कस्टिङ विषयको परिक्षाको प्रश्नपत्र बिग्रिएको तर प्रशासनले वेवास्ता गरेको भन्दै विद्यार्थीहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

प्रश्न पत्र बिग्रिएको छ भनेर पटक पटक प्रशासनलाई जानकारी गराउँदा पनि वेवास्ता गरेकाले आफुहरुले ताला बन्दी गर्नुपरेको क्यम्पसका एक विद्यार्थीले जानकारी दिनु भएको छ । उहाँका अनुसार आफुहरु क्याम्पस प्रमुखको कार्यकक्षमा प्रश्न पत्र गलत छ भनेर जाँदा प्रशासनले हप्काएर बाहिर निकालेकाले विद्यार्थीहरुको भविस्यमाथी नै खेलवाड गरेको आरोप लगाउनु भएको छ ।

प्रशासन विद्यार्थीहरुको सहजताका लागि भन्दा पनि प्रशासनिक सर्तमा लागेका कारण आफुहरु समस्यामा परेको विद्यार्थीहरुको भनाई छ । यता शिक्षालयका प्रमुख प्रदिप राज बसौलाले भने प्रश्न पत्र गलत छ, भनेपछि सम्बन्धित शिक्षकलाई बोलाएको तर बाहिरी सुपरीबेक्षकलाई करेक्सन म्यासेज नआएकाले कसैलाई पनि जानकारी नभएर प्रश्न पत्र करेक्सन गर्न नसकिएको बताउनु भएको छ ।

उहाँले प्रश्न गलत भएकाले विद्यार्थीहरुले जुन डाटा अनुसार प्रश्नको हल गरेका छन् सोहि अनुसार प्रश्न करेक्सन गर्नका निम्ती सहजिकरण गर्ने जानकारी दिनु भएको छ । उता सिटिभिटि परिक्षा नियन्त्रण कार्यालयका उप नियन्त्रक पुष्प पौडेलका अनुसार परिक्षा नियन्त्रण कार्यालयले सबै परिक्षा शाखामा एकैचोटी करेक्सन म्यासेज पठाएको भन्दै पालुङटारमा मात्र करेक्सन म्यासेज नजाने भन्ने नै नहुने तर्क गर्नु भएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.