च्याङलीमा अखिल नेपाल महिला संघ क्रान्तिकारी र वाइ सिएल काे भेला संयुक्त रूपमा सम्पन्न

 

गाेरखाकाे पाुङटार नगरपालिका वडा नं. ७ मा अाज अखिल नेपाल महिला संघ क्रान्तिकारी र वाइसिएल काे भेला संयुक्त रूपमा सम्पन्न भएकाे छ ।

भेलाले चेत बहादुर रानाकाे अध्यक्षतामा ३२ सदस्यीय वाइसिएल कमिटी गठन गरेकाे छ भने सावित्रा कुमालकाे अध्यक्षतामा २३ सदस्यीय अखिल नेपाल महिला संघ क्रान्तिकारीकाे समिति गठन गरिएकाे छ ।

चेत बहादुर रानाकाे अध्यक्षतामा गठन भएकाे समितिकाे उपाध्यक्षमा राजु अच्छामी र शंकर नगरकाेटी, सचिवमा गणेश कुमाल, सहसचिवमा बिकाास भट्ट, कमल कुमाल र पुन नारायण कुमाल र काेषाध्यक्षमा राेजिना कुमाल चयन भएकाे ने.क.पा. माअाेवादी केन्द्र पालुङटार ७ का सचिव कमल गुरूङले जानकारी दिनुभयाे । त्यस्तै गरि महिला संघकाे उपाध्यक्षमा बिष्णुमाया कुमाल, सचिवमा सिता परियार, सहसचिवमाा हित कुमारी गुरूङ र काेषाध्यक्षमा शुसीला बि.क. रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथिकाे रूपमा ने.क.पा. माअाेवादी केन्द्रका केन्द्रका केन्द्रीय सदस्य पम्फा बसेलले मन्तव्य राख्नुभएकाे थियाे । त्यस्तै गरी वाइ.सि.एल.नेपालका केन्द्रीय सदस्य सुदिप नगरकाेटी बिशेष अतिथि रहनुभएकाे थियाे । त्यस्तै गरी कार्यक्रममा ने.क.पा. माअाेवादी केन्द्र पालुङटार नगरापलिकाका सचिव एवं वडा नं. ८ का वडाध्यक्ष शंकरराज कंडेल, माअाेवादी केन्द्र पालुङटार ७ का इन्चार्ज मदन देवकाेटा लगायतकाले शुभकाामना मन्तव्य राखेका थिए ।

 

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.