ने.क.पा माअाेवादी केन्द्र पालुङटार नगरपालिकाकाे अध्यक्षमा बिबश चिन्तन र सचिवमा कंडेल

गाेरखा, चैत्र ३ गते

मंसिर ११ गतेदेखि अबरूद्ध ने.क.पा. माअाेवादी केन्द्रकाे पदाधिकारी चयन अाज भएकाे छ । जसबाट नगरपार्टीकाे अध्यक्षमा बिबश चिन्तन अजय र सचिवमा शंकरराज कंडेल निर्वाचित भएका छन् ।

नगरपार्टीकाे गत मंसीर ११ गते सम्पन्न भेलाबाट ६५ जना नगरपरिषद सदस्य छनाैट गरेकाे थियाे । उक्त दिन सर्वसम्मत रूपमा चयन हुन नसकेपछि अाजसम्म रूमल्लिरहेकाे थियाे । पटक पटक सहमतिकाे प्रयास गर्दासमेत सहमति जुटन नसकेपछि निर्वाचन प्रक्रियाबाट पदाधिकारी चयन गर्नुपरेकाे निर्वाचन मण्डलले जनाएकाे छ ।

अाज ठाँटीपाेखरीमा भएकाे निर्वाचनबाट अध्यक्ष पदमा बिबश चिन्तन अजय र मदन देवकाेटाकाे बीच प्रतिस्पर्धा भएकाे थियाे । अजयले ३२ मत प्राप्त गरी बिजय भएका हुन भने उनका प्रत्यासी देवकाेटाकाे पक्षमा २० मत रहेकाे थियाे ।

यसअघि अध्यक्षका दावेदार ४ जना रहेकाे भएतापनि बिकास वाग्ले र दुर्गा श्रेष्ठले मनाेनयन फिर्ता लिएका थिए ।

त्यस्तै गरी सचिव पदमा शंकरराज कंडेल र अाशिष देवकाेटाकाे मनाेनयन परेकाेमा कंडेलले ३३ मत प्राप्त गरी बिजय हासिल गरेका हुन । उनका प्रत्यासी देवकाेटाकाे पक्षमा  भने २० मत रहेकाे थियाे ।

उपाध्यक्ष पदमा सुमन अाचार्य ३३, सर्मिला तिवारी ३२ र रिखी धाैराली २८ मत प्राप्त गरी बिजयी भएका छन भने पराजय भाेगेका प्रत्यासी  मान बहादुर पाैडेलले २२ मत,  गाेविन्द बराकाेटीले ११ मत र रामचन्द्र तिवारीले १२ मत प्राप्त गरेका थिए ।

सहसचिवमा भने २८ मतका साथ बुद्धी बहादुर गुरूङ निर्वाचित भएका छन् । त्यस्तै गरी बसन्त देवकाेटाले २२ मत र सारा तामाङले ३ मत पाएका थिए । सहसचिवका प्रत्यासी तामाङ भने हाल बिदेशमा रहेका छन् ।

काेषाध्यक्ष पदमा भने बिकास मरहट्टा निर्विराेध चयन भएका छन् ।

 

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.