पालुङटार नगरपालिकामा बिशेषज्ञ डाक्टर सेवा ः हेर्नुहाेस फागुन महिनाकाे तालिका

गाेरखा,

गाेरखाकाे पालुङटार नगरपालिकाले नगरपालिकाभित्रका सबै स्वास्थ्य संस्थाहरूबाट बिशेषज्ञ डाक्टरसेवालाइ निरन्तरता दिइरहेकाे छ । बिगत केही बर्षदेखिदेखि निरन्तर रूपमा नगरपालिकाभित्रका सबै संस्थाहरूबाट MBBS डाक्टरबाट सेवा दिइदै अाएकाे छ । हरेक स्वास्थ्य संस्थाहरूमा तालिकाअनुसार बिरामी जाँच गरिने नगरपालिकाकाे स्वास्थ्य शाखाले जानकारी दिएकाे छ । जसमा गर्भवती जाँच समेत निशुल्क रूपमा गरिने र निशुल्क भिडियाे एक्सरे सेवा समेत उपलब्ध गराइनुका साथे परामर्श समेत दिइने छ ।

जसअन्तर्गत फागुन महिनाकाे तालिका निम्नअनुसार रहेकाे छ ः

फागुन महिनाकाे तालिका ः

स्वास्थ्य संस्थाहरू                    गते 

१, धुवाँकाेट स्वास्थ्य चाैकी            २ र १६ गते 

२, च्याङली स्वास्थ्य चाैकी             ३ र १७ गते 

३, बडडाँडा स्वास्थ्य चाैकी            ४ र १८ गते 

४, अाँपपिपल  स्वास्थ्य चाैकी       ५ गते 

५, मिरकाेट स्वास्थ्य चाैकी               ९ गते 

६, गाइखुर स्वास्थ्य चाैकी            १० र २४ गते 

७,  खाेप्लाङ  स्वास्थ्य चाैकी          १२ र २६ गते 

८, हवाइग्राउण्ड शहरी स्वास्थ्य केन्द्र  ६ गते 

९,  हात्तीगाैंडा शहरी स्वास्थ्य केन्द्र       ११ र २५ गते 

१०, खत्रीटार शहरी स्वास्थ्य केन्द्र      २० गते 

११, कमलटार शहरी स्वास्थ्य केन्द्र       २७ गते 

१२, काेटगढी अाधारभूत स्वास्थ्य केन्द्र   २३ गते 

१३, बर्थिङ सेन्टर ठाँटीपाेखरी                 १३ र ३० गते 

१४, शेरा स्वास्थ्य इकाइ                          १९ गते 

नाेटः

हरेक स्वास्थ्य संस्थामा बिहान ११ बजेदेखि ३ बजेसम्म बिरामी जाँच गरिनेछ ।

गर्भवती महिलाहरूका लागि निशुल्क रूममा भिडियाे एक्स रे निशुल्क रूपमा गरिनेछ ।

सार्वजनिक बिदाकाे दिन परेमा सेवा प्रवाह राेकिने छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.