Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106

Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 145
एमसिसीबारे प्रचण्डको प्रष्टिकरण : देश र जनताको हित बाहेक नेतृत्वको कुनै स्वार्थ छैन

एमसिसीबारे प्रचण्डको प्रष्टिकरण : देश र जनताको हित बाहेक नेतृत्वको कुनै स्वार्थ छैन

काठमाडौं । नेकपा माओवादी केन्द्रको सचिवालयका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले संसदबाट अमेरिकी सहयोग परियोजना (एमसिसी) अनुमोदन भएपछि देश र पार्टी गम्भीर दुर्घटनाबाट बचेको प्रष्टिकरण दिएको छ।

पार्टीभित्रकै शिर्ष नेताहरुको चर्को विवादकाबीच एमसिसी अनुमोेदन गरेपछि प्रचण्डका स्वकीय सचिव गंगा दाहालले आजका घटनालाई मात्रै नियालेर गहिराईसम्म पुुग्न नसकिने बताएकी हुन्।

उनले फेशबुकमा लेखेकी छन्, एमसिसिको सवालमा आज दिनभरको घटनाक्रमलाई मात्रै नियालेर गहिराई सम्म पुग्न सकिदैन। एकपटक सोचौं हाम्रो देश संगै पार्टी गम्भीर राजनीतिक दुर्घटनाबाट बचेको छ।

उनले देश र जनताको हित बाहेक नेतृत्वको अरु कुनै स्वार्थ नभएको प्रष्ट पार्दै पार्टी नेतृत्वलाई विश्वास गर्न आग्रह गरेकी छन्।

पार्टी नेतृत्वलाई बिस्वास गरौं किन भने देश र जनताको हित बाहेक नेतृत्वको अरु कुनै स्वार्थ छैन। धेरै विचार र विवेक पुर्याएर  आजको यो निर्णयमा पुगिएको हो उनले लेखेकी छन्, संयमित भएर परिस्थितिको गाम्भिर्यतालाई बुझौं। नेता कार्यकर्ता तहमा नेतृत्वकोविरुद्ध केहि भ्रम पैदा गराउन खोजिएको छ सचेत होऔं।

एमसिसीलगायत विकसित राजनितिक घटनाक्रमका बारेमा  प्रचण्डले बिशेष सम्बोधन गर्ने समेत बताइन्।  खबरडबलीबाट

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.