जीवन ज्याेति माध्यमिक विद्यालयमा अभिभावक भेला सम्पन्न ः समिति बन्न सकेन

गाेरखा, फागुन १३

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ मा रहेकाे जीवन ज्याेति माध्यमिक विद्यालयकाे अभिभावक भेला सम्पन्न भएकाे छ । शुक्रबारका दिन निवर्तमान बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं. ७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठकाे अध्यक्षतामा भेला सम्पन्न भएकाे थियाे ।

बिद्यालय प्राङगणमा भएकाे अभिभावक भेलामा प्रमुख अतिथिकाे रूपमा पालुङटार नगरपालिका शिक्षा शाखाका प्रतिनिधी एवं अमर ज्याेति माध्यमिक विद्यालयका शिक्षक चित्रराज देवकाेटाले बिद्यालय व्यवस्थापन समिति गठन प्रक्रियाका बारेमा जानकारी गराउनुभएकाे थियाे । बिद्यालयका प्रधानाध्यापक बद्री बहादुर पाण्डेले स्वागत मन्तव्य राख्नुभएकाे साे भेलाकाे सञ्चालन सहायक प्रधानाध्यापक तारा बहादुर कुमालले गर्नुभएकाे थियाे ।

बिद्यालय व्यवस्थापन समिति चयन गर्ने उदेश्यका साथ अायाेजित साे भेलाबाट शिक्षक अभिभावक संघकाे अध्यक्षमा सीता परियार निर्विराेध चयन हुनुभएकाे छ । त्यस्तै बिद्यालय व्यवस्थापन समितिकाे महिला सदस्यमा काेपिला कुमाल चयन हुनुभएकाे छ भने अभिभावकहरूबाट छनाेट गर्नुपर्ने बाँकी ३ जनामा भने सहमति जुटन नसक्दा बि.व्य.स. गठन प्रक्रिया अघि बढन सकेन । ३ जना सदस्यका लागि दर्जनाैं व्यक्तिहरूकाे नाम मनाेनयनमा अाएकाे र सहमति जुटन नसकेपछि अनिश्चित कालका लागि स्थगित गरिएकाे छ ।

बिद्यालय व्यवस्थापन समितिकाे छनाेट गर्दा अभिभावहरूमध्येबाट कम्तीमा एकजना महिलासहित ४ जना अभिभावक छान्ने र साे ४ जनाले शिक्षाप्रेमी, समाजसेवी, चन्दादाताहरूमध्येबाट२ जना मनाेनित गर्ने र उनीहरूमध्येबाट अध्यक्ष चयन गर्ने नियमावलीमा उल्लेख छ ।

बिद्यालयमा बालकक्षादेखि १२ सम्म  करीब ९०० जना बिद्यार्थी अध्ययनरत छन ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.