नगद र सुन चोरी गर्ने एक युवक पक्राउ

गोरखा २ कात्तिक ।

गोरखामा नगद र सुन चोरी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ४ बस्ने २५ बर्षका राजन परियारलाई चोरीको आरोपमा पक्राउ गरि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले जानकारी दिनुभयो ।

गएको जेठ २७ गते सोही ठाउँका स्थानीय कुलबहादुर सार्कीको घरमा पसी बाकस भित्र राखेको रु २ लाख १२ हजार रुपैया सहित २ तोला बराबरको सुनको गरगहना चोरी गरेको आरोपमा परियारलाई पक्राउ गरिएको उहाँको भनाई छ । घटना लगत्तै फरार भई काठमाण्डौमा लुकिछिपी बस्दै आएका उनलाई सादा पोशाकमा खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका परियार बिरुद्ध नकबजनी चोरी शिर्षकमा मुद्धा दर्ता गरि जिल्ला अदालतबाट स्विकृती लिएर हिरासतमा राखी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.