जिल्ला प्रहरी कार्यालय गोरखाले जिल्ला भित्रमा कार्यरत प्रहरीहरु मध्ये उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप निरन्तर पुरस्कृत र सम्मान गर्ने कार्ययोजना बमोजिम यस भाद्र महिनामा उत्कृष्ट प्रहरी कर्मचारीको रुपमा यस कार्यालयमा कार्यरत प्रहरी नायव उपरीक्षक प्रकाश दाहाललाई पुरस्कृत गरिएको छ, जस अनुसार निज प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले आफुलाई तोकिएको जिम्मेवारी उच्च अनुशासनमा रही सम्मानित अदालतको फैसला कार्यान्वयनको सिलसिलामा विभिन्न मुद्दाहरुमा कैद तथा जरिवाना सजाय तोकी हाल सम्म फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्ने जिल्ला प्रहरी कार्यालय गोरखाको अभियानलाई कुशलता पूर्वक नेतृत्व गरी भाद्र महिनामा मात्रै ४८ जना फरार अभियुक्तहरु पक्राउ गर्न सफल भएको साथै नदीजन्य पदार्थको अवैध उत्खनन गरी ओसारपसार गर्ने सवारी साधनहरुलाई नियन्त्रण गर्न सफल भएको, काठहरु चोरी निकासी नियन्त्रण लगायत अन्य घटेका अपराधिक घटनाहरुको अनुसन्धान कार्यमा महत्वपुर्ण भूमिका निर्वाह गरेको, शान्ती सु-व्यवस्था कायम राख्न खटिने प्रहरी कर्मचारीको परिचालन, रेखदेख एवं नियन्त्रणमा महत्वपुर्ण भूमिका निर्वाह गर्नुका साथै यस कार्यालयको सूचना सम्प्रेषण अधिकारी तथा गुनासो सुन्ने अधिकारीको रुपमा समेत आफ्नो कार्य क्षमताको उच्च प्रदर्शन गर्दै उत्कृष्ट कमाण्ड कन्ट्रोल गर्न सफल रहेको र आम जनसमुदायमा प्रहरी छवी सकारात्मक बनाउने तर्फ सदैव प्रयत्नशिल रहेको पाईनुको साथै खटिएको स्थानमा त्रुटी रहित तवरले विभागीय निती निर्देशन अनुरुप कुशलता पुर्वक कार्य सम्पादन गरेकोले आज मिति २०७८।०६।१४ गते एक कार्यक्रममा बिच निज प्रहरी नायव उपरीक्षक प्रकाश दाहाललाई प्रोत्साहन स्वरुप नगद रु.१,५००।– (एक हजार पाँच सय) पुरस्कार सहित निजलाई यस कार्यालयबाट २०७८ साल “भाद्र” महिनाको उत्कृष्ट प्रहरी (Best Police Of The Month) घोषणा गरिएको र भविष्यमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरिने व्यहोरा समेत जानकारी जिल्ला प्रहरी कार्यालय गाेरखाले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक प्रकाश दाहाल भाद्र महिनाकाे उत्कृष्ट प्रहरी
Facebook Comments Box