क्षेत्र नम्बर १ प्रदेश ‘क’ मा खुनप्रसाद रेग्मी र क्षेत्र नम्बर २ प्रदेश ‘क’ को सभापतिमा दिर्घमान गुरुङ बिजयी

कांग्रेसको गोरखा क्षेत्र नम्बर १ ‘ख’ को सभापति पदमा ठाकुर भट्ट निर्विरोध चयन भएका हुन् । मंगलवार आरुघाटमा भएको अधिवेशनबाट भट्ट सर्वसम्मत सभापति पदमा चयन भएका हुन ।

उप सभापतिमा बलराम ढकाल र मणिलाल गुरुङ, सचिवमा यमलाल लामिछाने, ऋषिराम लामिछाने चयन भएका छन । सह सचिवमा विश्वनाथ अधिकारी र समिर ढकाल चयन भएका छन् ।

क्षेत्र नम्बर १ प्रदेश ‘क’ मा खुनप्रसाद रेग्मी बिजयी भएका छन् । उनले दुई सय पाँच मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्द्धी उत्तम अधिकारीले एक सय ८९ मत प्राप्त गरे भने अर्का प्रतिष्पर्धी काजिराम अधिकारीले मत प्राप्त गरे । उप सभापतिमा अर्जुन भट्टराई कृष्ण प्रसाद रेग्मी निर्विरोध चयन भए भने सचिवमा कृष्ण पन्त र भरतप्रसाद रेग्मी चयन भए । सह सचिवमा गोबिन्द बास्कोटा र सुवास थापा चयन भए ।

क्षेत्र नम्बर २ प्रदेश ‘क’ को सभापतिमा दिर्घमान गुरुङ  बिजयी भएका छन् । उनले एक सय ७९ मत प्राप्त गरेका छन् ।   प्रतिद्धन्द्धी भानुभक्त थापाले १०४ मत पाएका थिए । उप सभापति पदमा एक सय ९० मत प्राप्त गरेर कमलादेवी देबकोटा र एक सय ७७ मतका साथ केदारनाथ देबकोटा निर्वाचित भए । सचिव पदमा  दुई सय २४ मत पाएर सुरज श्रेष्ठ र एक सय ७९ मतले प्रसान्त देबकोटा बिजयी बने ।

सह सचिव पदमा एक सय ६७ मत पाएर सुजना पन्त र एक सय ३६ मतले किरण आले बिजयी बने । यस्तै क्षेत्र नम्बर २ ‘ख’मा दिनेश खनखवास बिजयी भएका छन् ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.