गोरखा ९, असोज ।
नेपाली काग्रेस पालुङटार नगरसभापतिमा बिमल ढकाल बिजयी हुनु भएको छ । शनिबार सम्पन्न भएको पार्टीको १४ औं अधिबेशन अन्र्तगत नगरसभापतिको निर्वाचनमा ढकालले सभापति पदका अर्का उमेद्वार अमर धिताललाई पराजित गर्नुभएको हो ।
सहमतिबाट सभापति चयन गर्ने प्रयास गरिएपनि सहमतीको प्रयास असफल भएको मतदान भएको थियो । नवनिर्वाचित सभापति ढकालले बि.स २०५० सालमा नेविसंघ ल क्याम्पसको सचिव हुदै ०५२ मा कार्यबहाक सभापति, सिटीइभिटीको संस्थापक महासचिव, गोरखा काठमाण्डौ प्रजातान्त्रिक समाजको सहसचिव, नेपाली काग्रेस पालुङटार नगरपालिकामा सचिव तथा संगठन बिभाग प्रमुखको जिम्मेवारी सम्हाली सक्नु भएको छ ।