बुहारी बनेर तनहुँ आईन् चर्चित गायिका अस्मिता डल्लाकोटी

काठमाडौं । ‘मिल्छ भने विहेमा आइदिनु, जबरजस्ति दुई गाँस भोज खाइदिनु’, ‘मन परेको फुल खसेको तिम्लाई मैले नपाउनु रैछ र यति धेरै माया बसेको’ रियालिटी शो दोहोरी च्याम्पियनमा गाएको यो टुक्काबाट चर्चा कमाएकी गायिका अस्मिता डल्लाकोटी  विवाह वन्धनमा बाँधिएकी छन् ।

तर, गीतको भावसँग उनको विवाहको कथा मिल्दैन । उनले माया गरेकै पुरुषलाई जीवनसाथीका रुपमा पाएकी छन् । अस्मिताले सात वर्षदेखिका प्रेमी दोहोरी गायक शक्तिकुमार गोदारसँग लगनगाँठो कसेकी हुन् ।  विवाहमा लोकदोहोरी क्षेत्रका थुप्रै कलाकारहरु उपस्थित छन् ।

अस्मिता र गोदार चितवनको एउटा दोहोरी साँझमा सँगै काम गर्थे । त्यहीँबाट उनीहरुबीच प्रेम अंकुराएको थियो । अस्मिता एकाएक लाइभ दोहोरीमा हिट भएपछि काठमाडौंमै बसेर आफूलाई अगाडि बढाइन् । दोहोरी च्याम्पियनबाट हिट भएपछि उनले पछाडि फर्केर हेर्नु परेको छैन । उनी अहिले मेला महोत्सवमा सर्वाधिक खोजिने दोहोरी गायिकामा पर्छिन् ।

गोदार भने अहिले पनि चितवनकै दोहारी साँझमा काम गरिरहेका छन् । उनी फोकस नेपाल नामको युट्यूव च्यानल पनि चलाउँछन् । उनले विगतमा भाग्य न्यौपानेसँग केही समय सहकार्य गरेका थिए । अस्मिता र गोदारले चाँडै पञ्चेवाजा नामक गीत ल्याउने तयारी गरेका छन् । अस्मिता धादिङकी र गोदार तनहुँका हुन् ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

ख्वप मिनिबस सेवा समितिमा विवाद

ख्वप मिनिबस सेवा समितिमा विवाद,ख्वप मिनिबस सेवा समितिको  कम्पनी ऐन विपरित भएको साधारसभा तथा निर्वाचन गैरकानुनी ठहर  भक्तपुर । भक्तपुरको ख्वप भक्तपुर मिनिवस सेवा समितिले

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

स्मल हेभन बोर्डिङ स्कुलको बसमा अज्ञात समूहद्वारा आगजानी

चितवन- भरतपुरमा एक स्कुल बसमा आगजनी भएको छ। आइतबार बिहान अज्ञात समुहले स्कुल बसमा आगजनी गरेको हो।अज्ञात समूहले पेट्रोल छर्किएर बसमा आगो लगाएको प्रहरीले जनाएको छ।

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

नेकपा एमाले पालुङटारको दोश्रो नगर अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः वसन्त श्रेष्ठ

पालुङटार नगरपालिकामा नेकपा एमालेको दोश्रो नगर अधिबेशन नयाँ कार्यसमिति चयनसंगै सम्पन्न भएको छ । जसको अध्यक्षमा पुनः बसन्त कुमार श्रेष्ठ चयन भएका छन भने उपाध्यक्षमा

सबै पढनुहोस »
सूचना प्रबिधि
गोर्खा संसार

हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न

काठमाडौं,वैशाख २६ । हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा एक भव्य र विशेष

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले सोध्यो स्पष्टीकरण

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले स्पष्टीकरण सोधेको छ । स्वीकृति बिना विदेशी पाठ्यक्रम पढाएको भन्दै दुवै स्कुललाई तीन दिने स्पष्टीकरण सोधेको थियो।सरकारको

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

सिकाई केन्द्रद्वारा जेष्ठ आमाहरूलाई सम्मान

माता तीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन ( वैशाख २६ गते) को अवसर पारेर गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.