गोरखामा लायन्स आँखा सेवा केन्द्र गठन

लायन्स क्लव अफ गोरखाले संचालन गर्दै आएको लायन्स आँखा अस्पताललाई अझै ब्यवस्थित गराउन गोरखामा लायन्स आँखा सेवा केन्द्र गठन गरिएको छ ।

योङकुमार श्रेष्ठको अध्यक्षतामा लायन्स आँखा सेवा केन्द्र गठन गरिएको हो । केन्द्रको उपाध्यक्षमा श्रबणकुमार जोशी, सचिव अन्जितकुमार श्रेष्ठ, कोषाध्यक्ष श्यामबाबु श्रेष्ठ रहेका छन् ।

सेवा केन्द्रको सदस्यहरुमा धिरजबहादुर मास्के, सित्तलकाजी मास्के, भाईचन्द्र श्रेष्ठ, लक्ष्मणबाबु आचार्य, सुजन कुँवर रहेका छन् ।

गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तको प्रमुख आथित्यतामा कार्यक्रम भएको कोषाध्यक्ष श्यामबाबु श्रेष्ठले बताए ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.