तनहुँ÷१५, भदौ
नेपाल पत्रकार महासंघ तनहुँले स्थापना गरेको पत्रकार कल्याणकारी कोषलाई सहयोग प्राप्त भएको छ । तनहुँ समाज हङकङले स्थापना दिवसको अवसरमा कल्याणकारी कोषलाई सहयोग गरेको छ ।
तनहुँ समाज हङकङका पुर्वअध्यक्ष भिमराज गुरुङले पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेललाई ५ हजार ५ सय ५५ रुपैयाँ हस्तान्तरण गर्नुभएको छ । समाजमा हुने गरेको उतारचढाव र परिवर्तनका लागि गरिएको समाचार प्रसारण÷प्रकाशन गरी जनतालाई सुसूचित गर्ने पत्रकारका लागि उपयोग हुने कोषलाई समाजले सहयोग गरेको गुरुङले बताउनुभयो ।
त्यस्तै पत्रकार अमरराज नहर्कीले युवा पत्रकारिता पुरस्कारको रकममा थप गरी पत्रकार कल्याणकारी कोषलाई सहयोग गर्नुभएको छ । नहर्कीले तनहुँ समाज हङकङबाट पाएको पुरस्कारको रकम पत्रकार महासंघद्वारा स्थापित पत्रकार कल्याणकारी कोषलाई ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्नुभएको छ ।
नहर्कीले महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेललाई उक्त रकम मंगलबारै हस्तान्तरण गर्नुभएको हो । युवा पत्रकारिता पुरस्कार पाएको ५ हजारमा ५५५ थप गरी कल्याणकारी कोषलाई सहयोग गर्नुभएको हो । महासंघ अध्यक्ष पौडेलले कोषलाई गरिएको सहयोगप्रति आभार व्यक्त गर्नुभएको छ । महासंघद्वारा स्थापित कल्याणकारी कोषका लागि सहयोग रकम जुट्ने क्रम जारी छ ।
पत्रकार कल्याणकारी कोषलाई सहयोग
Facebook Comments Box