काबुल बिमानस्थल अमेरिकी सेनाकाे नियन्त्रणमा

काठमाण्डाै – तालिबानले अफगानिस्तानको राजधानी काबुल नियन्त्रणमा लिएको एक दिनपछि त्यहाँको विमानस्थलमा अचानक अराजकता बढेपछि अमेरिकी सेनाले त्यहाँको नियन्त्रण आफ्नो हातमा लिएको छ ।

अमेरिकी सेनाले आफ्ना र आफ्ना सहयोगी देशका कर्मचारीहरूलाई सुरक्षित रूपमा बाहिर पठाउनका लागि विमानस्थल क्षेत्र र एअर ट्राफिक नियन्त्रणमा लिएको हो ।

तर काबुलको हामिद करजई अन्तर्राष्ट्रिय विमानस्थलमा सबै व्यावसायिक उडान स्थगित गरिएको छ जसका कारण सयौँ सङ्ख्यामा अफगान र दोस्रो देशका नागरिक फसेका छन् ।

एक भिडियोमा त्यहाँका नागरिक स्थानीय बस स्टेशनतर्फ दौडिँदै विमानस्थल र विमानतर्फ भागिरहेको देख्न सकिन्छ ।

आफ्ना सबै दूतावासका कर्मचारीलाई त्यहाँबाट बाहिर निकाल्नका लागि विमानस्थलमा बोलाइएको अमेरिकाले बताएको छ ।

आफ्ना नागरिकलाई त्यहाँबाट बाहिर निकाल्न अमेरिकाले ६ हजार सैनिकलाई अफगानिस्तान पठाएको छ । उज्यालाे अनलाइनबाट साभार

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.