बागलुङमा खोप अभियान स्थगन गरिएको छ । बागलुङमा जारी कोरोनाविरुद्धको खोप अभियानमा पहुँचवालाले अनावश्यक दबाब र दुरुपयोग गरेको व्यापक गुनासो पछि खोप अभियानस्थल केन्द्रको निर्देशनमा स्थगन भएको छ । खोपका लागि लक्षित वर्ग नतोकेका कारण मन्त्रालयको निर्देशन नआउँदा सम्मका लागि स्थगित गरिएको स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिए ।सरकारले लक्षित वर्गलाई खोप लगाउनका लागि दिएको निर्देशनअनुसार बागलुङमा खोप लगाइसकिएको र अब माथिबाट निर्देशन नआउँदासम्मका लागि स्थगित भएको उनको भनाइ छ । सरकारले तोकेको लक्षित वर्ग छुटेको भए ती व्यक्तिलाई भने खोप लगाइने खत्रीले बताए । सरकारले लक्षित गरेका करिब सबै नागरिकले खोप पाइसकेको र अर्को लक्षित वर्ग तोकी नसकेकाले खोप लगाउन नसकिएको उनले बताए ।बागलुङमा अझै करिब १४ हजार डोज बाँकी छ । सरकारले अब बाँकी रहेको खोप कुन वर्गलाई दिने भनेर निर्णय गरिनसकेको उनको भनाइ छ । सरकारबाट नयाँ लक्षित वर्ग तोकिएपछि मात्रै खोप अभियानलाई अगाडि बढाइने छ । बागलुङमा अहिलेसम्म कोभिशिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप लगाइएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । हालसम्म जिल्लामा ५१ हजार ४८७ ले खोप लगाएको स्वास्थ्य कार्यालयको तथ्याङ्क छ । जिल्लामा जोन्सन एण्ड जोन्सन ११ हजारभन्दा बढी, भेरोसेल २२ हजार र कोभिशिल्ड १४ हजार ६४० ले लगाएको सुपरभाइजर खत्रीले जानकारी दिए ।
थप समाचार
-
विराटनगर बालसुधार गृहमा कैदी र प्रहरीबीच झडप, एक प्रहरी घाइते
गाेर्खा संसारAugust 13, 2025विराटनगर, २८ साउन । विराटनगरस्थित बालसुधार गृहमा बुधबार दिउँसो कैदी (बाल बिज्याइँकर्ता) र प्रहरीबीच झडप भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी हस्तबहादुर सुनारका अनुसार झडप... -
भूमि वर्गीकरणअघि हदबन्दी छुटको जग्गा बेच्न दिने प्रस्ताव, दुरुपयोगको आशंका
गाेर्खा संसारAugust 13, 2025काठमाडौं, २८ साउन । स्थानीय तहले भूमिको वर्गीकरण नगरेको अवस्थामा पनि हदबन्दी छुटमा जग्गा लिएर पछि बिक्री गर्न दिने व्यवस्था सहितको भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकको प्रति... -
“पूर्वमन्त्री बस्नेतको आरोप– ‘सचिव जोगाइ मलाई मात्र मुद्दा”
गाेर्खा संसारAugust 12, 2025काठमाडौं, २७ साउन । नेपाल दूरसञ्चार प्राधिकरणको बहुचर्चित टेरामक्स प्रविधि खरिद प्रकरणमा पूर्वमन्त्री तथा निलम्बित सांसद मोहनबहादुर बस्नेतले आफूलाई मात्र मुद्दा लगाएर तत्कालीन सचिव... -
रामहरि खतिवडाले पदबाट राजीनामा दिए
गाेर्खा संसारAugust 12, 2025काठमाडौं, २७ साउन । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले मंगलबार संसदको बैठकमा हाँसीहासी शैलीमा आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेका ... -
त्रिविले माग्यो सुरक्षा, कार्यालयमा काम गर्न सहज वातावरण बनाउने आग्रह
गाेर्खा संसारAugust 12, 2025विद्यार्थी संगठनको तोडफोडपछि त्रिविको सुरक्षा गुहार, सरकारलाई सुरक्षित कार्य वातावरण बनाउन आग्रह काठमाडौं, २७ साउन । विद्यार्थी संगठनको तोडफोड र धम्कीका घटनापछि त्रिभुवन विश्वविद्... -
सुनसरी बस–माइक्रो दुर्घटनामा मृतकको संख्या ४ पुग्यो, २३ घाइते — तीन जनाको पहिचान सार्वजनिक
गाेर्खा संसारAugust 11, 2025विराटनगर, २६ साउन । सुनसरीमा सोमबार बिहान बस र माइक्रोबस ठोक्किँदा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ भने २३ जना घाइते भएका छन् । दुर्घटना सुनसरीको भोक्राहा–नर्सि...