पालुङटारमा स्वास्थ्यकर्मीसहित कर्मचारीहरुको तलब काटिएको प्रति आपत्ति ः खर्च सार्वजनिक गर्न माग

साउन १२, गोरखा ।

गोरखाको पालुङटार नगरपालिकाले स्वास्थ्यकर्मीसहित सम्पूर्ण कर्मचारीहरुको ३ दिनको तलब काटेकोप्रति स्वास्थ्यकर्मीहरुले आपत्ति जनाएका छन् । कोभिड महामारीको समयमा दिनरात नभनी अग्र पंतिमा रहेर काम गरेका स्वास्थ्यकर्मीहरुलाई अन्य बिभिन्न पालिकाहरुमा भने प्रोत्साहन भत्ता दिने गरेको भएपनि यस नगरपालिकामा भने स्वास्थ्यकर्मीहरुको तलब काटेकोमा
आफूहरु दुखित भएको अधिकाँश स्वास्थ्यकर्मीहरुको भनाइ रहेको छ ।

नेपाल सरकारको तलब भत्ता खाएका कर्मचारीको तलब काटनुपूर्व उनीहरुको स्वीकृति लिनुपर्ने भएतापनि थाहै नदिइकन तलब काटिएको र त्यसको खर्चको हिसाब समेत थाहा नहुने कुरा दुखद हो । पहिलो त नगरपालिकाले स्वीकृति लिनुपर्ने थियो, दोश्रो कुरा तलब काटीसकेपछि सम्बन्धित पक्षका प्रतिनिधीहरुको रोहबरमा खर्च सार्वजनिक गरी सबैलाई जानकारी गराउनु पर्दछ । त्यस्तै गरी नगरपालिकाले सम्पूर्ण क्षेत्रमा गरेको निर्णयहरुको कार्यान्वयन भए नभएको अनुमगन पनि त गर्नुपर्दछ नि । च्याङ्ली स्वास्थ्य चौकीका इन्चार्ज भरतराज पाण्डेको भनाइ रहेको छ ।

दिनरात नभनी अाफूहरू खटेर काम गरिरहेका छाैं, अाफै जाेखिममा रहेर काम गरिरहेका छाैं तर तलब काटिँदा दुख लागेकाे छ । स्वास्थ्य शाखामा कार्यरत अर्काे एक स्वास्थ्यकर्मीले बताउनुभयाे ।

महामारीको समयमा कोभिडबाट जनतालाई बचाउनको लागि नगर कार्यपालिकाको बैठकबाट निर्णय गरी सम्पूर्ण कर्मचारीहरुको ३ दिनको र जनप्रतिनिधीहरुको ७ दिनको तलब काटने निर्णय गरिएको र सोही बमोजिम कार्यान्वयन गरिएको नगर प्रमुख दिपक बाबु कंडेलले बताउनुभयो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.