Gorkha Sansar

पालुङटार ७ को च्याङ्लीमा कुमाल संग्रहालय बन्ने ः प्रदेश सरकारबाट यसै बर्ष ५० लाख बजेट बिनियोजन

साउन १०, गोरखा ।

गोरखाको पालुङटार नगरपालिका वडा नं. ७ च्याङ्लीमा कुमाल संग्रहालय बन्ने भएको छ । कुमालहरुको पहिचानको रुपमा रहेको बिभिन्न संस्कार संस्कृति झल्कने गरी कुमाल साँस्कृतिक संग्रहालय निर्माण गर्ने योजना अघि बढेको हो । बिगत लामो समयदेखि संग्रहालय निर्माणका लागि पहल गरिएको भएतापनि बिबिध कारणबस बन्न नसकेको संग्रहालय निर्माणका अगुवा चन्द्र कुमालले बताउनुभयो ।
बिभिन्न कारणले पछि परेका कुमाल समुदायको साँस्कृतिक सम्पदाको संरक्षण गर्नको लािग पहल गर्नुपर्ने आफ्नो दायित्वबोध भएका कारण मन्त्री भए लगत्तै आफूले यस स्थानमा संग्रहालय निर्माणका लागि ५० लाख बजेट बिनियोजन गरेको गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले बताउनुभयो । उहाँले सो कुरा आज संग्रहालय निर्माणस्थलको जग्गा अनुगमन गर्ने क्रममा बताउनुभएको हो । अहिले बिनियोजित रकमबाट डिपीआर तयार गर्ने र पूर्वाधार तयार गरिने समेत उहाँले बताउनुभयो । साथै आगामी बर्ष निरन्तरता दिँदै सो को लागि आवश्यक बजेट प्रदेश सरकारले नैै व्यहोर्ने गरी काम सम्पन्न गर्ने समेत बताउनुभयो ।
सोही अवसरमा स्थानीय सरोकारवालाहरुसँग अन्तरक्रिया गर्दै उहाँले आफू जनताको सेवा गर्न मन्त्री बनेको र कुनै सुविधाभोगको लागि मन्त्री नबनेको बताउँदै जनताहरुले बोलाएका बखत जहिले पनि उपस्थित हुने समेत बताउनुभयो । आफू जुनसुकै बेला पनि हरतरहले जनताका साथमा रहिरहने समेत उहाँले बताउनुभयो ।
संग्रहालय निर्माणका लागि धेरै बर्षअघिदेखि संघर्ष गरिरहेको भएतापनि अब प्रदेश सरकारकै पूर्ण लगानीमा बन्ने भएपछि स्थानीय कुमाल समुदायले निकै खुशी व्यक्त गरेका वडा नं. ७ का वडासदस्य समेत रहनुभएका देवीलाल कुमालले बताउनुभयो । संग्रहालय निर्माणलाई पूर्णता दिन सकेमा नेपालभरका सम्पूर्ण कुमाल समुदायको नै साँस्कृतिक सम्पदा जोगाउन सकिने अर्की वडा सदस्य भगवती कुमालले बताउनुभयो ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.