समिट लघुवित्तद्वारा आधारभुत स्वास्थ्य सामाग्री वितरण

गोरखा, १० असार ।

समिट लघुवित्त वित्तिय संस्था लिमिटेड गोरखाले कोभिड १९ दोस्रो लहरको रोकथाम गर्न फ्रन्ट लाईनमा खटिने सुरक्षाकर्मीहरुको लागि स्वास्थ्य सामाग्री वितरण गरेको छ। संस्थाले आज गोरखा नगरपालिका १३ को ३ स्थानमा स्वास्थ्य सामाग्री वितरण गरेको हो।
संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत गोरखा र तनहुँको सिमा स्थित हेल्प डेक्समा खटिएका सुरक्षाकर्मीहरु, प्रहरी चौकी मझुवा देउरालीमा कार्यरत प्रहरी र रामशाह टोल विकास संस्था गोनपा १३ का लागि स्वास्थ्य सामाग्री वितरण गरेको हो।
संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्दै कोभिड महामारीको संकटको बेला रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा रहिकार्य गर्ने हेल्पडेस्क, प्रहरी कार्यालय, जनस्वास्थ्य कार्यालय, सामाजिक संघसंस्था आदिलाई राहत वितरण गर्ने क्रममा सो स्वास्थ्य सामाग्री वितरण गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र बहादुर बस्नेतले जानकारी दिए। उनका अनुसार संस्थाको सबै शाखा कार्यालयहरु मार्फत पनि विभिन्न स्थानमा स्वास्थ्य सामाग्री वितरणको काम भैरहेको छ।
समीट लघुवित्त वित्तीय संस्था लिमिटेड नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त राष्ट्रिय स्तर कार्यक्षेत्र भएको ‘घ’ वर्ग वित्तीय संस्था हो । हाल यस संस्थाले देशभर ७ वटा प्रदेशमा ९५ वटा शाखा कार्यालयहरु मार्फत ५५,००० सेवाग्राही सदस्यहरुलाई वित्तीय सेवा प्रदानगर्दै आएको छ ।
संस्थाले आगामी दिनमा समेत आफ्नो वित्तीय सेवा प्रदान गरिरहेको क्षेत्रमा कोभिड– १९ को संक्रमणका कारण समस्यामा परेका सेवाग्राही सदस्यहरुलाई राहत तथा संक्रमण रोकथाम नियन्त्रणका लागि यस्ता कार्यहरु गर्दै जाने र यस महामारीबाट बाँचौं र बचाऔं भन्ने उद्देश्यका साथ जनचेतना फैलाउने, हरेक व्यक्ति स्वयम् सुरक्षित रहन अवलम्व गर्नु पर्ने न्यूनतम स्वास्थ्यका मापदण्ड पूरा गर्ने कार्यमा सहयोग पु¥याउदै संस्थाको सामाजिक उत्तरदायित्व पूरा गर्न अग्रसर रहेको कुरा संस्थाका प्रमुख कार्यकारी अधिकृतले जानकारी गराउनु भयो।

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

शिक्षक तथा कर्मचारीहरूले आफ्ना छोराछोरीहरूलाई सामुदायिक विद्यालयमा अध्यापन गराउनुपर्ने

गोर्खाको पालुङटार नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् कार्यक्रममा बोल्दै पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तनले

सबै पढनुहोस »

एकीकृत अखिल नेपाल शिक्षक संगठन पालुङटार को तेस्रो नगरपरिषद् सम्पन्न

गोर्खाको पालुङटा नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् सम्पन्न भएको छ।नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.