पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ पदमुक्त भएका छन् । प्रदेशसभाबाट विश्वासकाे मत पाउन नसकेपछि उनी पदमुक्त भएका हुन् ।
प्रदेशसभामा भएकाे मतदानमा मुख्यमन्त्री गुरुङले राखेकाे विश्वासकाे मतकाे पक्षमा २७ र विपक्षमा ३० मत खसेकाे थियाे । कुल ५८ सदस्यकाे उपस्थित भए पनि ५७ जनाले मतदान गरेका थिए ।