Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106

Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 145
गोरखा अस्पतालमा उपचाररत ७८ बर्षका काेराेना संक्रमित पुरुषको मृत्यु

गोरखा अस्पतालमा उपचाररत ७८ बर्षका काेराेना संक्रमित पुरुषको मृत्यु

गोरखा, २८ जेठ । गोरखा अस्पतालमा उपचारका क्रममा गएराती एक कोरोना संक्रमितको मृत्यु भएको छ । गोरखा नगरपालिका वडा नम्बर ५ का ७८ बर्षका संक्रमित पुरुषको उपचार गर्दागर्दै मृत्यु भएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिनुभयो ।

बुधबार एन्टिजेन परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएपछि गोरखा अस्पतालमा उपचारका लागि ल्याइएका ति पुरुषलाई अस्पतालले चितवन मेडिकल कलेजमा रिफर गरेको थियो । तर परिवारका सदस्यले पुनः बिहिबार गोरखा अस्पतालमा नै फिर्ता ल्याएर भर्ना गरेका थिए ।

मृतकमा पुरुषमा मृगौला तथा निमोमिया समस्या समेत रहेको देखिएको अस्पतालले जनाएको छ । मृतकको शव व्यवस्थापनको तयारी भइरहेको सूचना अधिकारी ढकालको बताउनुभयो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.