डा. बाबुराम भट्टराइद्वारा गाेरखाका बिभिन्न स्थानहरूका लागि स्वास्थ्य सामग्री हस्तान्तरण

गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य, पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले समाजवादी विद्यार्थी युनियन पालुङटारलाई चार हजार पिस kn95 माक्स हस्तान्तण गर्नुभएको छ । सोमबार महत्वपुर्ण स्वास्थ्य सामग्री लिएर गोरखा आउनुभएका डा. भट्टराईले समाजवादी विद्यार्थी युनियन पालुङटारलाई चार हजार पिस kn95 माक्सको साथै पालुङटार नगरपालिका वडा नं. १ मा रहेको खोप्लाङ्ग स्वास्थ्य चौकीका लागि उच्च प्रबिधिको अक्सिजन कन्सन्ट्रेटर मेशिन सहित ६ लाख बराबरको स्वास्थ सामग्री हस्तान्तरण गर्नुभएको हो ।
सोहि अवसरमा डा. भट्टराईले गोरखा जिल्लाका विभिन्न पालिकाहरु गोरखा नगरपालिका, भिमसेनथापा गाउँपालिका, सहिदलखन गाउँपालिका, सिरान्चोक गाउँपालिका , आरुघाट गाउँपालिका, लगायतका पालिकाहरुमा उच्च प्रबिधिको अक्सिजन कन्सन्ट्रेटर मेशिन बितरण गर्नुभएको छ । सोहि अवसरमा उहाँले जिल्ला प्रशासन कार्यलयमा प्रमुख जिल्ला अधिकारी, स्वास्थ्य प्रमुख लगायत संग कोरोनाको प्रभाव तथा यसको न्युनिकरणका बारेमा परामर्श गर्नुभएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.