Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई भाेलिदेखि चिनियाँ भेरोसेलको पहिलो मात्रा लगाइने, सवै वडामा केन्द्र निर्धारण

६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई भाेलिदेखि चिनियाँ भेरोसेलको पहिलो मात्रा लगाइने, सवै वडामा केन्द्र निर्धारण

काठमाण्डौ – भाेलिदेखि सरकारले ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई चिनियाँ भेरोसेलको पहिलो मात्रा खाेप दिने भएकाे छ । पहिलाे चरणमा काठमाण्डौ महानगरपालिकासहित काठमाण्डौका विभिन्न ११ पालिकामा खाेप लगाइने जनाइएकाे छ ।

काठमाण्डौ महानगरपालिकाले सूचना निकालेर भोलिदेखि २९ गतेसम्म भेरोसेल खोप लगाइने जानकारी गराएको छ । महानगरपालिकाका सहरी स्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरका अनुसार भेरोसेलको पहिलो खोप लगाउनका लागि विभिन्न ३२ वटा वडामा ३२ केन्द्र तोकिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको गएको १८ गतेको निर्णय र जिल्ला खोप तथा अनुगमन समिति काठमाण्डौको २३ गते आइतवारको निर्णयअनुसार कोरना भाइरसविरुद्धको भेरोसेलको पहिलो डोज लगाउन लागिएको हो ।

काठमाण्डौका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काका अनुसार भोलिदेखि काठमाण्डौ महानगरपालिका, कीर्तिपुर नगरपालिका, चन्द्रागिरी नगरपालिका, नागार्जुन नगरपालिका, तारकेश्वर नगरपालिका, टोखा नगरपालिका, दक्षिणकाली नगरपालिका, बूढानीलकण्ठ नगरपालिका, गोकर्णेश्वर नगरपालिका, शंकरापुर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकामा भेरोसेलको पहिलो मात्रा ६० देखि ६४ वर्ष उमेरका नागरिकलाई लगाउन लागिएको हो ।

खोप लगाउन जाँदा उमेर खुल्ने परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र वा सम्बन्धित वडा कार्यालयको सिफारिस लैजानु पर्दछ । चीनले कोरोना विरुद्धको भेरोसेलको १० लाख डोज अनुदानमा उपलब्ध गराएपछि ६० देखि ६४ वर्ष उमेरका नागरिकलाई यो खोप दिन लागिएको हो ।

चीनले यसअघि नेपाललाई ८ लाख डोज खोप अनुदानमा दिएको थियो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.