सांसद चुडामणी खड्काद्वारा पालुङटार नगरपालिका भित्र बिभिन्न संघसंस्थाहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण

गोरखा : नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य एव प्रतिनिधि सभाका सांसद चुडामणी खड्का (प्रकाश) ले गोरखाको पालुङटार नगरपालिका र नगरपालिका भित्र बिभिन्न संघसंस्थाहरुलाई करिब १५ लाख रुपैया बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ ।

कोरोना संक्रमणबाट नागरिकहरुको स्वास्थ्य सुरक्षामा सहयोग पु¥याउन नेता खड्का सहितको टोलीले आज पालुङटार नगरपालिका, आपँपिपल अस्पताल लगायतका क्षेत्रमा पुगेर स्वास्थ्य सामग्री बितरण गरेको हो ।

पालुङटार नगरपालिका क्षेत्र भित्र पछिल्लो समय कोरोना संक्रमितको सख्ंया बढ्दै गएपछि नेता खड्का र समाजसेवि युवा नेता दुर्गालाल श्रेष्ठको पहलमा स्वास्थ्य सामग्री बोकेर आइपुग्नु भएको हो ।

नेता खड्काले पालुङटार नगरपालिकालाई २ थान कन्सन्ट्रेटर, मास्क, सेनिटाइजर, पिसिइसेट लगायतका अत्याबश्यक औषधी उपलब्ध गराउनु भएको नगरपालिकाकी उपप्रमुख पम्फा बसेलले जानकारी दिनुभयो ।

त्यस्तै आजै उहाँहरुले आँपपिपल अस्पतालमा १ थान कन्सन्ट्रेटर सहितका अत्याबश्यक सामग्री उपलब्ध गराइएको जानकारी दिनुभयो । उता आँपपिपल स्वास्थ्या चौकीलाई पनि एक थान कन्सन्ट्रेटर सहित स्वास्थ्य सामग्री उपलब्ध छ ।

पालुङटार नगरपालिका वडा नम्बर २ को कार्यालयलाई पनि अक्सोमिटर, मास्क, सेनिटाइजर लगायतका औषधी उपलब्ध गराएको छ ।

पालुङटार नगरपालिकालाई बुधबार स्वास्थ्य सामग्री प्रदान गर्नुहुदै सांसद चुडामणी खड्का (प्रकाश) खड्का सहितको टिमले कोरोना परीक्षणका बिभिन्न संघसंस्थालाई गरि करिब एन्टिजेन किट ७ सय थान, पिपिई १ सय थान, फेस सिल्ड ५ सय थान, सेनिटाईजर ५ सय लिटर, बुट लगायतका अत्याबश्यक औषधीहरु जिङ्क ट्यावलेट, मिटामिन सि भिटामिन डि लगायतका उपलब्ध गराइएको बताउनुभयो ।

कोभिड-१९ दोस्रो लहरको‌ महामारीका‌ बीच जनता विचमा जाने अभियानका क्रममा ४ थान अक्सिजन कन्सेनट्रेटर, एन्टेजीन किट ५०० थान , माक्स ,स्यानीटाइजर ,पिपिइ सेट, वितरण गर्नका नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सद्स्य उर्जाशिल युवा नेता आदरणीय चुडामणि खड्काको नेतृत्वमा युवा नेता दुर्गालाल श्रेष्ठ, पालुङ्टार काठमाडौ सम्पर्क मन्च, काठमाडौमा रहनु हुने कमरेडहरु लगायतको संयोजनमा पालुङटार नगरपालिकाको कार्यलय, आंपिपपल हस्पिटल, सामुदायिक स्वास्थ्य केन्द्र ठाँटीपोखरी , इलाका प्रहरी कार्यलय ठाँटीपोखरी लगायत पालिकाका विभिन्न स्वास्थ्य केन्द्रहरुमा पुगेर बितरण गरिएको थियो ।

Facebook Comments Box
Uncategorized
गोर्खा संसार

पालुङटार मा नौमती बाजा बजाउने तालिम

“सिप सिकौ रोजगार बनौ” भन्ने मूल नाराका साथ आज मिति २०८१/०१/२४ गतेका दिन पालुङटार नगरपालिका वडा नं. ७ को वडा स्तरीय महिला संजालका अध्यक्ष श्री

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

शिक्षक तथा कर्मचारीहरूले आफ्ना छोराछोरीहरूलाई सामुदायिक विद्यालयमा अध्यापन गराउनुपर्ने

गोर्खाको पालुङटार नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् कार्यक्रममा बोल्दै पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तनले

सबै पढनुहोस »

एकीकृत अखिल नेपाल शिक्षक संगठन पालुङटार को तेस्रो नगरपरिषद् सम्पन्न

गोर्खाको पालुङटा नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् सम्पन्न भएको छ।नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.