पालुङटारमा रहेका बैंक द्वारा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

हाल बिश्वभर माहामारिकाे रुपमा फैलिएकाे Covid 19 काे संक्रमण र जाेखिम केही हदसम्म न्युनिकरण हाेस् भन्ने उदेश्यले पालुङटारमा रहेका बैंक द्वारा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र प्रहरी कर्मचारीहरुकाे लागि ६० प्याकेट सर्जिकल मास्क, १७ लिटर सेनिटाईजर र २५ पिस फेस सिल्ड प्रदान गरिएकाे पालुङटार बैंकर्सका संयाेजक कमल श्रेष्ठले बताउनु भयो ।

संयाेजक श्रेष्ठका अनुसार उक्त सामग्रिहरु पालुङटार नगरपालिका स्वास्थ्य शाखा, ईलाका प्रहरी कार्यालय ठाँटिपाेखरि र ईलाका प्रहरी कार्यालय हर्मि लाई आज एक कार्यक्रमका बिच हस्तान्तरण गरिएकाे हो । उक्त कार्यक्रममा कृषि बिकास बैंक लि, प्राईम कमर्सियल बैंक लि, साँग्रिला डेभलपमेन्ट बैंक लि, एन सि सि बैक लि, प्रभु बैक लि, एन आई सि एशिया बैक लि र पाेखरा फाईनान्स लि. का बैंकका प्रबन्धक / प्रतिनिधि हरुकाे उपस्थिति रहेकाे थियाे ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.