नामजुङ, ५ जेठ ।
गोरखाको नाम्जुङ्गमा जन्मिएर देश विदेशमा रहेकाहरुले गाउँलेलाई सहयोग गरेका छन् । नाम्जुङ्ग सेवा समाजको अगुवायीमा रकम संकलन गरी अक्सिजन र अत्यावश्यक स्वास्थ्य सामाग्री सहयोग गएिको हो ।
शहिद लखन गाउँपालिका ९ नाम्जुङ्ग रहेको नाम्जुङ्ग स्वास्थ्य चौकीका लागि १० थान अक्सिजन सिलिण्डर र केही स्वास्थ्य सामाग्री उपलब्ध गराइएको संस्थाका अध्यक्ष शिव बञ्जाराले जानकारी दिए ।
बुधबार संस्थाका प्रतिनिधिले शहिद लखन गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन आले, वडा अध्यक्ष राम प्रसाद लामिछानेलाई संयुत्त रुपमा समाजले हस्तानान्तरण गरेका हुन् ।
समाजले सामाजिक सञ्जाल मार्फत चार दिनमा झण्डै साडे तीन लाख रकम संकलन गर्न सफल गरेको छ । अहिले पनि सहयोग संकलन जारी रहेकाले थप अक्सिजन सिडिण्डर र स्वास्थ्य सामाग्री उपलब्ध गराउने अध्यक्ष बञ्जाराले जानकारी दिए ।