काशिगाउँका ५७ घरधुरीलाई खाद्यान्न बितरण

गोरखा २, जेठ ।

गोरखाको धार्चे गाउँपालिका ६ काशिगाउँका ५७ घरधुरीलाई खाद्यान्न बितरण गरिएको गरिएको छ । वडा भित्र आर्थिक अबस्था अत्यन्त कमजोर भएका, एकल महिला, अपांगता भएका व्यक्ति, तथा परिवारलाई खाद्यान्य सहयोग गरिएको वडाध्यक्ष अध्यक्ष धनकुमार घलेले जानकारी दिनुभयो । वडा कार्यालयले दुई चरण गरेर समस्यामा परेकाहरुलाई खाद्यान्य सहयोग गरेको उहाँले जानकारी दिनुभयो ।

बेल्जियम गोरखा समाजका अध्यक्ष आरुघाट गाउँपालिका वडा नम्बर २ मान्बु निबासी राम घलेबाट सहयोग प्राप्त ६० हजार रुपैयाँले शनिवार ३० घरधुरीलाई चामल एक बोरा, नुन, तेल खाद्यान्न सहित स्वास्थ्य सामग्री सहयोग गरिएको वडा अध्यक्ष घलेले जानकारी दिनुभयो । त्यस अघि पहिलो चरणमा २७ घरधुरीलाई खाद्यान्य सहयोग गरिएको थियो ।

ग्लोबल गोरखा समाजका कोषाध्यक्ष बञ्जराले सहयोग गरेका ५० हजारबाट २७ घरधुरीलाई चामल, नुन, तेल सहित स्वास्थ्य सामाग्री समेत बितरण गरिएको उहाँको भनाई छ । वडा कार्यालयको पहलमा कोरोना संक्रमणका बेला निषेधाज्ञा लागू भएपछि दैनिक ज्यालादारी गरेर जिविको पार्जन गर्दै आएका परिवारहरु समस्यामा परेपछि बिभिन्न दाताहरुको सहयोगमा खाद्यान्य बितरण गरिएको वडाध्यक्ष घलेले बताउनुभयो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.