Gorkha Sansar

पोखराका व्यवसायी तथा समाजसेवी गुभाजुको कोरोना संक्रमणका कारण निधन

पोखराका व्यवसायी तथा समाजसेवी व्यक्तित्व कृष्णमान गुभाजुको कोरोना संक्रमणका कारण निधन भएको छ । उनको ६१ वर्षको उमेरमा बिहीबार दिउँसो भक्तपुर इन्टरनेशनल हस्पिटलमा उपचारको क्रममा निधन भएको हो ।

धर्मशिला बुद्ध बिहार पोखरा दायक सभाका निवर्तमान अध्यक्ष, धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिका कोषाध्यक्ष एवं पोखरास्थित कृष कञ्चन ज्वेलर्सका सञ्चालक गुभाजुलाई गत वैशाख १५ गते कोरोना पुष्टि भएको थियो ।

उनले नै आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै वैशाख साँझ १० गतेदेखि ज्वरो आएको र १५ गते बुधबार पीसीआर चेक गर्दा पोजिटिभ आएको उल्लेख गरेका थिए ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.