गाउँ गाउँमा तपाइकाे मास्क खाेइ अभियान

गाेरखा, बैशाख १७
गाेरखा जिल्लाका बिभिन्न स्थानहरूमा प्रहरीद्वारा सञ्चालित तपाइकाे मास्क खाेइ अभियान गाउँ गाउँमा पनि सञ्चालन भइरहेकाे छ ।
त्यस्तै क्रममा पालुङटार नगरपालिका वडा नं.७ च्याङलीमा रहेकाे अस्थायी प्रहरी पाेष्टले पनि अाफ्नाे सेवा क्षेत्रभित्र मास्क बितरण गर्दै सम्झाइ बुझाइ गर्ने कार्यलाइ निरन्तरता दिएकाे छ ।
अाफ्नाे सेवाक्षेत्रभित्रका बटुवा, सवारी चालक तथा यात्रुलाइ समेत अाज मास्क बितरण गरिनुका साथै सचेत गराइएकाे अस्थायी प्रहरी पाेष्ट बिरूवाटारका प्रमुख बिकास सिलवालले जानकारी दिनुभयाे । उहाँका अनुसार अाज मास्क नलगाइ हिँडेका बटुवा, सवारी चालक तथा यात्रुहरूलाइ मास्क बितरण गरिएकाे छ । काेराेनाबाट बच्ने मुख्य उपाय भनेकै मास्ककाे प्रयाेग, सामाजिक दुरी कायम एवं सरसफाइ भएकाले यसतर्फ सचेत हुन सवैमा अाग्रह गरिएकाे छ ।
मानिसहरूकाे अावतजावतलाइ निगरानी राख्न तथा यस वडाभित्र प्रवेश गर्नेहरूकाे स्वास्थ्य परीक्षण गर्न नाकामा हेल्थ डेस्क राख्न वडा तथा सम्बन्धित निकायमा पहल गरिरहेकाे पनि सिलवालले जानकारी दिनुभयाे ।
यस वडा प्रवेश गर्ने नाकाहरू धेरै भएकाले पनि चाैकीमा रहेका सिमित सुरक्षाकर्मीका कारण राम्रेासँग निगरानी गर्न नसकेकाे देखिन्छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.