पालुङ्टारका स्वास्थ्य संस्थाहरुमा औषधी अभाव

गोरखा, १६ बैशाख
गोरखाको पालुङ्टार नगरपालिका भित्र रहेका स्वास्थ्य संस्थाहरुमा औषधी अभाव हुन थालेको छ । महामारीका समयमा औषधी आपूर्ति आवश्यक मात्रामा नभएकाले स्वास्थ्य संस्थाहरुमा सेवाग्राहीहरुलाई सेवा दिन कठिनाइ भइरहेको स्वास्थ्य संस्थाका प्रमुखहरुको भनाइ रहेको छ ।
गर्मीको समय भएको र बिरामीहरुको चाप बढदै गएको भएतापनि नगरपालिकाले भने उचित समयमा औषधी बितरण गर्न नसकेको धुवाँकोट स्वास्थ्य चौकीका इन्चार्ज लक्ष्मण श्रेष्ठले बताउनुभयो । खासै बिरामीको संख्या नबढेको भए पनि साविक संख्यामा आउने गरेका बिरामीलाई दिनुपर्नेमध्ये कुनै कुनै आइटमका औषधी भने अभाव नै भएको उहाँको भनाइ रहेको छ ।
अन्य समयमा भन्दा अहिले बिरामीहरुको संख्या बढी हुने गरेको तर आवश्यक मात्रामा औषधी नहुँदा समस्या भएको च्याङ्ली स्वास्थ्य चौकीका इन्चार्ज भरतराज पाण्डेले बताउनुभयो । बिरामी संख्याको चाप भएको र सो अनुपातमा नगरपालिकाले औषधी आपूर्ति गर्न नसकेको उहाँको भनाइ रहेको छ ।
त्यस्तै गाइखुर स्वास्थ्य चौकीमा पनि उही समस्या रहेको गाइखुर स्वास्थ्य चौकीका प्रमुख रामलाल श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार औषधी अभाव हुन सक्ने सम्भावनालाई मध्यनजर राख्दै आफुले औषधी दिनुपर्ने सेवाग्राहीहरुलाई कम गर्दै दिइरहेको बताउनुभयो । समयमा अाैषधी खरीद तथा सप्लाइ गर्न स्वास्थ्य शाखा पछि परेकेा बडडाँडा स्वास्थ्य चाैकिका इन्चार्ज सुनिल जंग ठकुरीले बताउनुभयाे ।
नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख कृष्ण अधिकारीले पनि बिरामीको अति चाप हुने केही संस्थाहरुमा अत्यवश्यक केही औषधीहरु अभाव भएको स्वीकार गर्नुभएको छ । उहाँका अनुसार सिटामोल, मेट्रो र जीवन जल जस्ता औषधी चाहीँ अभाव भएकै छ । उक्त औषधीहरुको एक दुइ दिन भित्रैमा स्वास्थ्य संस्थामा पुर्याउने गरी तयारी गरिरहेको बताउनुभएको छ ।
कोभिडको महामारीको समयमा यसरी अत्यावश्यकीय औषधीहरु नै अभाव हुनुमा शाखाले समयमा ध्यान पुर्याउन नसकेको अधिकाँश स्वास्थ्य संस्थाका प्रमुखहरुले बताएका छन् ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.