गोरखा १३, बैशाख ।
गण्डकी प्रदेशका मात्र आज कोरोना संक्रमणबाट थप ४ जनाको मत्यु भएको छ ।
गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रालय स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको बिज्ञप्तिमा स्याड्जा जिल्ला वालिड् नगरपालिका १४ का ५८ बर्षका एक पुरुष, म्याग्दी जिल्ला रघु गंगा गाउपालिका ३ का ७८ बर्षका एक पुरुष, कास्की जिल्ला पोखरा महानगरपालिका २५ का ९१ बर्षका एक बृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको उल्लेख छ ।
त्यस्तै कास्की जिल्ला पोखरा महानगरपालिका १ की ५५ बर्षकी एक महिलाको पनि कोरोना संक्रमणबाट सोमबार दिउँसो मृत्यु भएको निर्देशनालयले जारी गरेको बिज्ञप्तिमा जनाइएको छ ।