Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
युवा व्यवसायी आलेद्वारा सामुदायिक भवन निर्माणका लागि रु.२५ हजार बराबरको जिब्सन बोर्ड सहयोग ।।

युवा व्यवसायी आलेद्वारा सामुदायिक भवन निर्माणका लागि रु.२५ हजार बराबरको जिब्सन बोर्ड सहयोग ।।

आँबुखैरेनी, २८ माघ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित पुलजिप युवा क्लबद्वारा निर्माणधिन सामुदायिक भवनको सफल तरिकाले सम्पन्न गराउन एक सहयोगी मनले मंगलबार जिब्सन बोर्ड सहयोग गर्नुभएको छ । family cafe एण्ड संयम ईन्टारियर डेकोरेशन स्टोर्सका प्रोपाईटर गणेश आलेमगरले क्लबका अध्यक्ष बिजय गुरुङ्ग मार्फत क्लबलाई रु. २५ हजार बराबरको जिब्सन बोर्ड सहयोग गर्नुभएको हो । सामुदायिक भवन निर्माण कार्य एक सामाजिक कार्य भएकोले सम्पूर्णले हरेक सामाजिक कार्यमा आफुले सक्ने सहयोग गर्नुपर्ने बताउनुहुदै प्रो. आलेमगरले सो भवनको डेकोरेशनका लागि जिब्सन बोर्ड सहयोग गरेको बताउनुभएको छ । क्लबका अध्यक्ष गुरुङ्गले भवनको निर्माण सफल तरिकाले सम्पन्न गराउन सहयोग गर्नुहुने युवा व्यवसायी आलेमगरलाई विशेष धन्यवाद दिनुहुदै उज्जल भविष्य तथा उतरोत्तर प्रगतीको कामना गर्नुभएको छ ।
Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.