सत्रसयमा १ दिने निशुल्क दन्त शिविर सम्पन्न ।।

आँबुखैरेनी, २५ माघ । लायन्स क्लव अफ आँबुखैरेनी सिटी र लियो क्लव अफ आँबुखैरेनी सिटीको आयोजनामा १ दिने निशुल्क दन्त शिविर सम्पन्न भएको छ । आँबुखैरेनी- १, सत्रसय स्थित आधारभुत प्राथमिक स्वास्थ्य केन्द्रमा भएको शिविरमा १ सय भन्दा धेरैले दन्त परिक्षण गराएका थिए। शिविरबाट रेफर भएका ४० जना बिरामीलाई ओम बिराज डेन्टल केयरले निशुल्क औषधी उपचार गर्ने डेन्टलका संचालक राजन ढकालले बताउनुभएको छ । वडा नम्बर १ का अध्यक्ष किसान थापाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा लायन्स क्लव अफ आँबुखैरेनी सिटीका अध्यक्ष शिव खनाल, लियो क्लव अफ आँबुखैरेनी सिटीका अध्यक्ष अमृत पण्डित लगायतको उपस्थिती थियो । उक्त शिविरमा आँबुखैरेनी र बन्दिपुर गाउँपालिकाले औषधी उपलब्ध गराएका थिए भने अन्य सहयोग ओमबिरामज डेन्टल केयरका संचालक राजन ढकाल र लायन्सका अध्यक्ष शिब खनालले गरेका थिए । शिविरमा ओम बिराज डेण्टल केयरका डाक्टर ओसिन थापाको नेतृत्वको प्राविधिक टिमले दन्त परिक्षण गरेको लियोका अध्यक्ष अमृत पण्डितले जानकारी दिनुभयो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.