लमजुङ र तनहुँका पत्रकारका लागि मानव अधिकार सम्बब्धी २ दिने तालिम प्रदान गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा सवैका लागि घरघरमा मानव अधिकार शान्ति र विकासको आधार भन्ने मुल नाराका साथ दुई जिल्लाका पत्रकारका लागि तालिम प्रदान गरिएको हो । तालिममा लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले मानव अधिकार, शुसासनका बारेमा लगायतका विषयमा जानकारी गराउनुभएको थियो । जिल्लामा मानव अधिकारको आवस्था, यसका गतिविधि लगायतका बारेमा जानकारी गराउनुभएको थियो ।कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशका प्रमुख चन्द्रकान्त चापागाईले मानव अधिकारको परिचय दिदै मानव अधिकारको अवधारणाका बारेमा प्रस्ट्याउनुभएको थियो । उहाँले मानव अधिकारका विशेषताहरु, मानव अधिकार मूल्य र मान्यता, मानव अधिकारको राष्ट्रिय अवधारणा, मानव अधिकार व्यक्ति र स्थान, मानव अधिकार र राज्यको दायित्व, मानव अधिकारको प्रकार, सवै व्यक्ति तथा विशेष व्यक्तिलाई प्राप्त हुने अधिकार, अन्तराष्ट्रिय स्तरमा अधिकारको सुरुवात, राष्ट्रिय स्तरमा मौलिक अधिकारको रुपमा मानव अधिकारको सुरुवात, स्थानीय तहमा मानव अधिकार उल्लाङ्घन हुनसक्ने अवस्थाहरु लगायतका बारेमा प्रशिक्षण दिनुभएको थियो । राष्ट्रिय मानव अधिकार आयोग समन्वय माहाशाखाका रमेशकुमार थापाले मानव अधिकार सम्वन्धि प्रम्ख अन्तराष्ट्रिय माहासन्धी र राष्ट्रिय स्तरमा मानव अधिकार विकास क्रमका बारेमा जानकारी गराउनुभएको थियो । मानव अधिकार सम्बन्धि प्रमुख अन्तराष्ट्रिय महासन्धीमा भएका व्यवस्था, मानव अधिकार सम्बन्धि विश्वव्यापी घोषणपत्र १९४८ लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
थप समाचार
-
महाकालीमा बाढीको खतरा, बनबासा पुलमा आवत–जावत पूर्णरूपमा रोक
गाेर्खा संसारAugust 14, 2025कञ्चनपुर, २९ साउन — महाकाली नदीमा पानीको बहाव अत्यधिक बढेपछि नेपाल–भारत सीमामा पर्ने कञ्चनपुरको बनबासा पुल (शारदा ब्यारेज) हुँदै सवारी साधन र मानिसको आवत–जावत पूर्णरूपमा रोकिएको छ ... -
विराटनगर बालसुधार गृहमा कैदी र प्रहरीबीच झडप, एक प्रहरी घाइते
गाेर्खा संसारAugust 13, 2025विराटनगर, २८ साउन । विराटनगरस्थित बालसुधार गृहमा बुधबार दिउँसो कैदी (बाल बिज्याइँकर्ता) र प्रहरीबीच झडप भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी हस्तबहादुर सुनारका अनुसार झडप... -
भूमि वर्गीकरणअघि हदबन्दी छुटको जग्गा बेच्न दिने प्रस्ताव, दुरुपयोगको आशंका
गाेर्खा संसारAugust 13, 2025काठमाडौं, २८ साउन । स्थानीय तहले भूमिको वर्गीकरण नगरेको अवस्थामा पनि हदबन्दी छुटमा जग्गा लिएर पछि बिक्री गर्न दिने व्यवस्था सहितको भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकको प्रति... -
“पूर्वमन्त्री बस्नेतको आरोप– ‘सचिव जोगाइ मलाई मात्र मुद्दा”
गाेर्खा संसारAugust 12, 2025काठमाडौं, २७ साउन । नेपाल दूरसञ्चार प्राधिकरणको बहुचर्चित टेरामक्स प्रविधि खरिद प्रकरणमा पूर्वमन्त्री तथा निलम्बित सांसद मोहनबहादुर बस्नेतले आफूलाई मात्र मुद्दा लगाएर तत्कालीन सचिव... -
रामहरि खतिवडाले पदबाट राजीनामा दिए
गाेर्खा संसारAugust 12, 2025काठमाडौं, २७ साउन । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले मंगलबार संसदको बैठकमा हाँसीहासी शैलीमा आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेका ... -
त्रिविले माग्यो सुरक्षा, कार्यालयमा काम गर्न सहज वातावरण बनाउने आग्रह
गाेर्खा संसारAugust 12, 2025विद्यार्थी संगठनको तोडफोडपछि त्रिविको सुरक्षा गुहार, सरकारलाई सुरक्षित कार्य वातावरण बनाउन आग्रह काठमाडौं, २७ साउन । विद्यार्थी संगठनको तोडफोड र धम्कीका घटनापछि त्रिभुवन विश्वविद्...