[REQ_ERR: 502] [KTrafficClient] Something is wrong. Enable debug mode to see the reason. नागरिक समाज माथिको दमनले ओलीको निरंकुश चरित्र उदांगो - Gorkha Sansar

Gorkha Sansar

नागरिक समाज माथिको दमनले ओलीको निरंकुश चरित्र उदांगो

काठमाडौँ १२, माघ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले बालुवाटारमा नागरिक आन्दोलनले गरेको मार्चपासको क्रममा भएको प्रहरी दमनले ओलीको निरंकुश चरित्र उदांगो भएको बताएका छन् । प्रचण्ड नेपाल पक्षका केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जारी गरेको विज्ञप्तिमा बालुवाटारमा नागरिक समाज माथि भएको प्रहरी हस्तक्षेपको घोर निन्दा र भत्र्सना समेत गरिएको छ ।

विज्ञप्तिमा संविधान र लोकतन्त्रको रक्षाका लागि संघर्षमा उत्रदा गरिएको दमनले सरकारको अलोकतान्त्रिक एवम् निरंकुश चरित्र देखाएको उल्लेख छ । यसबाट संघर्षको आवश्यकता र औचित्य थप बढेर गएको विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमको विरोध गर्दै नागरिक अगुवा, कवि, कलाकार, लेखक लगायतका अभियन्ताहरु आज सोमवारको प्रदर्शनमा सहभागी थिए।

आजको प्रदर्शन कमलपोखरी बचाऊ अभियानका अभियन्ता र अन्य सहभागीहरु भेला भई कमलपोखरीको माटो निधारमा लगाएर संयुक्तरुपमा बालुवाटारतर्फ मार्च गरेका थिए। झडपमा केहि अभियन्ताहरु घाइते भएका छन्।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.