Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
अहिलेको भन्दा खतरनाक, छिटो फैलिने काेराेनाले विश्वमा थपियो चिन्ता

अहिलेको भन्दा खतरनाक, छिटो फैलिने काेराेनाले विश्वमा थपियो चिन्ता

नयां खाले कोरोनाभाइरसको संक्रमण रोक्न बेलायतमा फेरि लकडाउन घोषणा गरिएको छ |

सोमबार टेलिभिजन सम्बोधनमार्फत बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले राष्ट्रव्यापी लकडाउनको घोषणा गरेका हुन्।

पछिल्लो समय बेलायतमा कोरोनाभाइरसका संक्रमित ह्वात्तै बढेपछि स्वास्थ्य प्रणाली नै समस्यामा नपरोस् भनेर लकडाउन गरिएको जोन्सनले बताएका छन्।

बेलायतले अक्सफोर्ड/अष्ट्राजेन्काले बनाएको कोरोनाविरुद्धको खोप लगाउन सुरू गर्ने बताएको केही घन्टापछि नै बोरिसले लकडाउन घोषणा गरेका हुन्। सबैभन्दा पहिला बेलायतमै देखिएको र अहिले अरू मुलुकमा पनि फैलिसकेको नयाँखाले कोरोनाभाइरसको संक्रमण रोक्न आपतकालीन कदम चाल्नु आवश्यक रहेको जोन्सनले बताए।

‘मैले आज तपाईंहरूलाई सम्बोधन गरिरहँदा हाम्रा अस्पतालहरूमा महामारी सुरू भएदेखिकै सबैभन्दा बढी दबाब छ,’ जोन्सनले भने,‘देशका धेरै भागमा विभिन्न कडा मापदण्ड अपनाइएका छन्, यो नयाँ खाले भाइरसलाई नियन्त्रणमा ल्याउन हामी सबैले अझै धेरै गर्नुपर्ने प्रष्टै छ। ’

लकडाउन मंगलबारदेखि नै सुरू हुने र कम्तिमा पनि फेब्रुअरी १५ सम्म लागु हुने बताइएको छ। लकडाउनका बेला मेडिकल र अन्य अत्यावश्यक काम नपरी घरबाहिर निस्कन पाइने छैन। अत्यावश्यक सामान किन्न पनि दिनमा एक पटकमात्र बाहिर निस्कन पाइने छ।

प्राथमिक र माध्यमिक तहका सबै विद्यालय र क्याम्पसहरू बन्द गरिएका छन्। एकअर्काको घरमा पाहुना लाग्न जान रोक लगाइएको छ। टेक अवे सुविधाका लागिमात्र रेष्टुरेन्ट, बार खोलिने छन्।

पछिल्लो समय बेलायतमा दैनिक संक्रमितको संख्या ५० हजार नाघेको थियो। सोमबारमात्रै त्यहाँ ५८ हजार ७ सय ८६ जनामा कोरोना पुष्टि भएको थियो भने ४ सय ७ जनाले ज्यान गुमाएका थिए।

बेलायतमा अहिलेसम्म कोरोनाबाट २७ लाख मानिस संक्रमित भएका छन् भने ७५ हजारको मृत्यु भएको छ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.