काठमाडौं, पुस १४–
नेकपाका कार्यकारी अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अाज काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली श्री ३ महाराज बन्न खोजेको आरोप लगाएका छन् ।
संसद् विघटनविरुद्धमा नेकपा (दाहाल–नेपाल) पक्षले मंगलबार काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले चुनावबाट एक्लै बहुमत ल्याएर ओली महाराज बन्न खोजेको आरोप लगाए ।
उनले भने–‘हुने खालको चुनाव घोषणा भएकै होइन, चुनाव हुन्छ भनेर भ्रममा नपरौं । चुनाव गरेर एक्लै जित निकाल्दै श्री ३ महाराज हुन खोजेका छन्, त्यो दिवा सपना मात्रै हो ।’