पालुङ्टारमा ७ र ८ गते मोतियाबिन्दुको स्क्रिनिङ शिविर हुँदै ,

रविन्द्र कंडेल
६ पौष, गोरखा ।
गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ७ स्थित च्याङ्ली स्वास्थ्य चौकीमा पौष ८ गते मोतियाबिन्दुको स्क्रिनिङ शिबिर सञ्चालन हुने भएको छ । स्क्रिनिङबाट मोतियाबिन्दु देखिएका बिरामीहरुलाई पौष ११ र १२ गते नगरपालिकाको वडा नं. ३ स्थित आँपपिपल अस्पतालमा शल्यक्रिया निशुल्क गरिने जनाइएको छ । साथै शल्यक्रिया गर्नुपर्ने बिरामीहरुका लागि निशुल्क रुपमा लैजाने ल्याउने समेत व्यवस्था भएको आँपपिपल अस्पतालले जनाएको छ । त्यस्तै गरी ७ गते खोप्लाङ स्वास्थ्य चौकीमा पनि स्क्रिनिङ शिबिर सञ्चालन गरिने र दुवै स्थानबाट स्क्रिनिङ गरिएका बिरामीहरुलाई आँपपिपल अस्पताल लगेर शल्यक्रिया गरिने बताइएको छ ।

 

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.