लोक तथा देउडा गायक श्री नन्दकृष्ण जोशी तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान २०७७बाट सम्मानित

लोक तथा देउडा गायक श्री नन्दकृष्ण जोशी तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान २०७७बाट सम्मानित हुनुभएकाे छ ।

२७ गते शनिबार बिहान ८ बजे (नेपाली समय) भर्चुअल माध्याम (जुम) बाट प्रज्ञाप्रतिष्ठानका उपकुलपति श्री जगमान गुरुङ्ग ज्यू को प्रमुख आतिथ्यता र तुलसीमान श्रेष्ठ स्मृति समाजका अध्यक्ष सीताराम अधिकारीको अध्यक्षतामा संम्पन्न भर्चुअल कार्यक्रममा उहाँलाइ सम्मान गरिएकाे हाे ।

कार्यक्रमपछि समाजले जारी गरेकाे प्रेश बिज्ञप्ती 

२००९ सालमा गोरखाको च्याङ्ली गा. बि. स. (हाल पालुङ्टार नगरपालिका) मा जन्मनु भएका बहुमुखी प्रतिभाका धनी स्व.तुलसीमान श्रेष्ठले आफ्नो जीवनकालमा शैक्षिक, सामाजिक तथा नेपाली लोक साहित्यको क्षेत्रमा अतुलनिय योगदान पु¥याउनु भएको थियो । गाउँघरमा शिक्षाको ज्योति फैलाउन प्राथमिक बिद्यालय, निम्न माध्यामिक बिद्यालय र माध्यामिक बिद्यालयहरु आफ्नै पहलमा स्थापना गर्नु भएका शिक्षाबिद् स्व श्रेष्ठले जीवन ज्योति मा. बि., च्याङ्ली, प्रधानाध्यापक, बन्दिपुर क्याम्पस , तनहुँ, उप प्राध्यापक, महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्ज, उप प्राध्यापक, आदिकबि भानुभक्त बहुमुखी क्याम्पस, दमौली, तनहुँ, उप प्राध्यापक, गोरखा क्याम्पस, गोरखा, क्याम्पस प्रमुख, र रत्नराज्य लक्ष्मी क्याम्पस, काठमाडौंमा सह प्राध्यापक को रुपमा योगदान पुर्याउनु भएको थियो । उहाँका गोरखाली लोक साहित्य, हन्दु धर्ममा नारी, पुस्तान्तर कथा संग्रह, नेपाली लोक गीत ः परिचय र बिश्लेषण, झ्याउरे गीतको अध्ययन, र अधकल्चो जीवन लगायतका पुस्तकहरु प्रकाशित छन भने बिजय मल्ल स्मृति ग्रन्थ, बिजय मल्ल स्मारिका, र आत्मकथा काजी ईश्वरीमान श्रेष्ठ पगायतका कृति सम्पादन पनि गर्नु भएको छ । २०७३ सालमा क्यान्सरको कारण देहावसान भएपछि उहाँले गर्नु भएको योगदानलाई मुलुकभर पैmलाउने उद्देश्यले तुलसीमान श्रेष्ठ स्मृति समाज र तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान को स्थापना गरेर नेपाली भाषा तथा लोक साहित्यका साधकहरुको सम्मान गर्दै आएको छ । यसै सिलसिलामा तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मानले वि. सं. २०७५ मा भाषा वैज्ञानिक तथा लोक साहित्यविद् प्राध्यापक डा.चूडामणि बन्धुलाई र २०७६ मा ईतिहासविद् सत्यमोहन जोशीलाई बिभूषित गरिएको र यस बर्ष २०७७ मा लोक तथा देउडा गायक श्री नन्दकृष्ण जोशी लाई ने रु २५०५।– सहित प्रमाण पत्र प्रदान गरी तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान २०७७ ले सम्मान गरेको कुरा सहर्ष जनकारी गराउँदछौं । उक्त कार्यक्रम मंसीर २७ गते शनिबार बिहान ८ बजे (नेपाली समय) भर्चुअल माध्याम (जुम) बाट प्रज्ञाप्रतिष्ठानका उपकुलपति श्री जगमान गुरुङ्ग ज्यू को प्रमुख आतिथ्यमा आयोजना भयो । समाजका अध्यक्ष सीताराम अधिकारीको अध्यक्षतामा संचालित उक्त कार्यक्रमलाई पिपलमणी सिग्देल, यू एस नेपाल पोलिसी रिर्सच सेन्टरका अध्यक्ष डा राजन पन्त, कृष्ण लामिछाने, अन्तराष्ट्रिय नेपालीे साहित्य समाज का महासचिब र्सवज्ञ वाग्ले, बोर्ड अफ ट्रष्टि गीता खत्री, डा भक्त राई, प्रा डा बद्रीबिशाल भट्टराई, दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेस बि जी, राजेन्द्र प्रसाद अर्याल, डा निरजमान श्रेष्ठ, पालुङ्टार नगरपालीका का मेयर दिपक कंडेल, सम्मानित व्याक्तित्व नन्दकृष्ण जोशी, नेपाली कांग्रेसका केन्द्रिय सदष्य प्रदिप पौडेल र प्रमुख अतिथी डा जगमान गुरुङले सम्बोधन गर्नुभएको थियो भने सचिब तुलसीनारायण श्रेष्ठले कार्यक्रम संचालन गर्नुभएको थियो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.